सोमबार, असोज १२, २०८३

प्रेमिकाको बिहे रोकिदिन मुख्यमन्त्रीलाई आग्रह, मनमा तिमी नै रहनेछाै‌ : प्रेमिका

बिहारका एक युवकले लकडाउन लागू गरी आफ्नी प्रेमिकाको बिहे रोकिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– बिहारका एक युवकले लकडाउन लागू गरी आफ्नी प्रेमिकाको बिहे रोकिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।

पंकजकुमार गुप्ताले मुख्यमन्त्री नितिष कुमारलाई लकडाउन लगाउन र प्रेमिकाको बिहे रोकिदिन आग्रह गरेका हुन्। ‘लकडाउन लगाएर बिहे गर्नै नपाइने नियम लगाए मेरी प्रेमिकाको पनि बिहे रोकिन्थ्यो। उसको बिहे १९ तारिखमा  छ। म जिन्दगीभर तपाईंप्रति आभारी रहने छु,’ पंकजले ट्वीटरमार्फत भनेका छन्।

मुख्यमन्त्री नितिषकुमारले मे १६ तारिखदेखि २५ सम्म लकडाउन बढाउने निर्णय गरिएको भन्दै ट्वीट गरेका थिए। मुख्यमन्त्रीको ट्वीटकोे जवाफ फर्काउँदै पंकजले बिहेमा पनि रोक लगाइदिए प्रेमिका बचाउन सक्ने लेखेका हुन्।

पंकजकुमार गुप्ताकी प्रेमिका नाभ्या कुमारीले प्रेमीको ट्वीटको जवाफ फर्काएकी छिन्। उनले पंकजले आफूलाई छाडेर पूजासँग कुरा गर्न गएपछि धेरै रोएको बताएकी छिन्।

‘म खुसीले बिहे गर्दैछु, प्लिज पंकज यस्तो नगर, मैले बिहे गरे पनि मेरो मनमा सधैं तिमी नै रहनेछौ। बिहेमा आउनु, म तिमीलाई हेरेर बिदा हुन चाहन्छु,’ नाभ्याले भनेकी छिन्। नाभ्याले पंकजकी अर्कै प्रेमिका भएको जिकिर गरेकी थिइन्। पंकजले आफूलाई छाडेर पूजालाई भेट्न नगएको भए उनीसँगै बिहे गर्ने नाभ्याको भनाइ छ।

पंकजकुमार र नाभ्याको ट्वीट भाइरल भएपछि सयौंले पंकज र मुख्यमन्त्रीलाई मेन्सन गर्दे आफ्ना कुरा राखेका छन्। मुकेश कुमारले मुख्यमन्त्री नितिष कुमारलाई उनीहरुको बिहे गरिदिन आग्रह गरेका छन्। ‘माननीय मुख्यमन्त्री, उनीहरुको बिहे गराइदिनुस्। जिन्दगीमा सबै कुरा पाइन्छ तर सच्चा प्रेम पाइँदैन। भगवानको फेरि पनि तपाईं नै मुख्यमन्त्री बन्नु हुनेछ,’ मुकेशले भनेका छन्।
 

प्रकाशित: May 18, 2021| 10:14 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।