बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्डियन क्रिकेट टिमले इन्डियामा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने

इन्डियन क्रिकेट टिमले इन्डियामा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने

यो समरमा इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको इन्डियन क्रिकेट टिमले अहिलेसम्मकै लामो क्वारेन्टिन बस्नुपर्ने भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - यो समरमा इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको इन्डियन क्रिकेट टिमले अहिलेसम्मकै लामो क्वारेन्टिन बस्नुपर्ने भएको छ।

न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनल र पाँच खेलको इंग्ल्यान्डसँगको सिरिजका लागि तयारीमा रहेको टिमले मुम्बईमा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने भएको हो।

उनीहरूको क्वारेन्टिन समय १९ मे बाट सुरु हुनेछ। इन्डियन क्रिकेट कन्ट्रोल बाेर्ड बीसीसीआईले पुरुष खेलाडीका साथै महिला खेलाडीलाई पनि यही क्वारेन्टिनमा समेटेको छ।

इन्डियाको महिला टिमले पनि एक अफ टेस्ट, तीन एकदिवसीय र तीन टी-२० खेल्ने छ। जसका लागि दुवै टिम २ जुनमा चार्टर विमानमार्फत् लन्डन जानेछन्।

बीसीसीआईको योजनाअनुसार उसले २० खेलाडीको टिम मुम्बईमा बोलाउने छ। साथै उसले प्रशिक्षक, खेलाडी र सपोर्टस्टाफलाई मुम्बईबाट चार्टर्ड फ्लाइटमा इंग्ल्याड लानेछ।

अब मे २४ देखि टिमका कप्तान विराट कोहली, उपकप्तान अजिंक्य रहाणे र अनुभवी ब्याट्सम्यान रोहित शर्मा, प्रशिक्षक रवि शास्त्रीलगायतका टिम मुम्बईको होटेलको बायो बबलमा बस्नेछन्।

त्यसअघि उनीहरूले मे १९ बाट घरमै क्वारेन्टिन बस्नुपर्ने छ। त्यस्तै, खेलाडीको क्वारेन्टिनल पूर्ण सुरक्षित छ भनेर प्रमाणित गर्नका लागि बीसीसीआईले क्वारेन्टिनको समयमा तीन टेस्ट गर्नुपर्ने नियम राखेको छ। र, तीनै टेस्टमा खेलाडीको रिपोर्ट नगेटिभ आउनुपर्ने छ।

यता आईपीएलको समयमा कोभिड–१९ को संक्रमण देखिएका रिद्धिमान शाह भने एक हप्ता पछि मात्र क्वारेन्टिनमा जाेडिने छन्।

त्यस्तै उनीहरूले इंग्ल्यान्ड पुगेपछि साउथह्याम्टनमा थप १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ।

प्रकाशित: May 18, 2021| 07:10 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।