सोमबार, असोज १२, २०८३

ज्वालामुखीको १ हजार डिग्री तापक्रममा पिज्जा पकाएपछि...

ग्वाटेमालाका एक जना युवकले १ हजार डिग्री सेल्सियसको तापक्रममा पिज्जा पकाएका छन्। त्यो पनि ज्वालामुखीको तापमा।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

ग्वाटेमालाका एक जना युवकले १ हजार डिग्री सेल्सियसको तापक्रममा पिज्जा पकाएका छन्। त्यो पनि ज्वालामुखीको तापमा।

ग्वाटेमालामा गत फेब्रुअरीदेखि ज्वालामुखी विष्फोट भइरहेको छ। ज्वालामुखीका लाला तल झर्दै गर्दा युवा डेभिड ग्रासियाले पिज्जा पकाएका हुन्।

ग्वाटेमालाका ३४ वर्षीय डेभिडले हजार डिग्री सेल्सियस तापक्रममा पिज्जा पकाएर सबैलाई अचम्मित पारेका छन्। उनले ज्वालामुखीमा पकाएको पिज्जा खान सयौं सर्वसाधारण आएका थिए।

उनी पकाया पिज्जा सेन्टरमा काम गर्छन्। जुन त्यहाको सबैभन्दा प्रसिद्ध पिज्जा सेन्टर हो। ज्वालामुखी आएको स्थानमा गई उनले पीजा पकाएका थिए।

ज्वालामुखी आएको स्थानमा जान उनले सुरक्षाका लागि शरीरलाई हानी नगर्ने कपडा र सेनाले लगाउने जस्ता जुत्ताको प्रयोग गरेका थिए।

दश मिनेटमा डेभिडले पिज्जा पकाइसकेका थिए। उनी सन् २०१३ बाट पिज्जा सेन्टरमा काम गरिरहेका छन्। द टाइम्स अफ इन्डियाबाट

प्रकाशित: May 18, 2021| 06:01 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।