बिहीबार, माघ ८, २०८२

एन्थोनी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने सम्भावना

सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।

National life

उनीहरूले आउँदो अगस्ट १४ मा प्रतिस्पर्धा गर्ने निर्धारित गरिएको थियो। तर, फुरीले अमेरिकी खेलाडी डेनोटी वाइल्डरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जोसुवासँगके खेल रद्द हुन सक्ने भएको हो।

३२ वर्षे विश्व बक्सिङका हेविवेटतर्फ दुई पटकका च्याम्पियन फुरीले गएको फेब्रुअरी २०२० मा रिसेडिउल गरिएको खेलमा वाइल्डरलाई हराउँदै च्याम्पियनसिपको उपाधि जितेका थिए।

त्यसपछि फुरिले पहिलोपटक जोसुवासँग खेल्ने निर्धारित गरिएको थियो। तर, कोभिड–१९ को महामारीका कारण उनीहरूको फाइट रोकिएको थियो।
सोमबार उनीहरू आउँदो अगस्टमा खेल्नका लागि तयार भए पनि एक अमेरिकी जजले मध्यस्थता गर्दै सेम्टेम्बर १५ अघि फुरिले वाइल्डरसँग तेस्रोपटक खेल्नुपर्ने बताएका छन्।

लामो बहसमा अ‍ेमेरिकी अधिकारीले फुरि र अमेरिकी खेलाडीको खेल पूर्वनिर्धारित रहेको दाबी गरेका छन्। उनीहरूको २०२० जुलाईमा हुनुपर्ने खेल महामारीका कारण स्थगित भएको थियो। त्यसैले त्यो बाउट २०२१ गर्ने प्रस्ताव गरिएको थियो। र, फुरीले सेप्टेम्बर १५ अघि वाइल्डरसँग खेल्नुपर्ने भएमा सायदी अरेबियामा हुने खेल रद्द हुन सक्नेछ।

Laxmi sunrise bank
kumari

अमेरिकी जजले वाइल्डरसँगको खेल घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र जोसुवा र फुरीको फाइटको अन्तिम टुंगो लागेको थियो।

टाइसनल फुरीले आफू जोसुवासँग भिड्न लाग्दा खुसी व्यक्त गरेका थिए। कोरोनाभाइरसका कारण खेलपटक खेल स्थगित भएपछि उनले अगस्ट १४ को खेल अवश्य हुने दाबीसमेत गरेका थिए।

उनले खेल्नका लागि उत्साहित भएका बताएका थिए। जोसुवा र फुरि पहिलोपटक भिड्न लागेका थिए।

प्रकाशित: May 18, 2021| 05:26 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।