आइतबार, वैशाख २७, २०८३

आफैंले राखेकाे बम पड्किँदा तीन तालिबानी लडाकूको मृत्यु

सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिबानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

National life

काठमाडाैं - सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिबानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ। 

उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका हुन्। ती सुरक्षा अधिकारीका अनुसार सो सडकको छेउमा तीनजना तालिबानी लडाकूले बम राख्दै गरेका थिए। 

अफगानिस्तानमा तालिबानी लडाकूहरूले सडकको छेउमा लुकाइछिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन्। तर, आज भने उनीहरूले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेहरू तीनजनाको ज्यान गएको बताइएको छ। रासस

प्रकाशित: May 17, 2021| 07:28 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।