बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो महिला च्याम्पियन्स लिगको विजेता

चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो महिला च्याम्पियन्स लिगको विजेता

बार्सिलोना फेमेनिनोले इंग्लिस क्लब चेल्सीलाई हराउँदै युरोपियन महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं – बार्सिलोना फेमेनिनोले इंग्लिस क्लब चेल्सीलाई हराउँदै युरोपियन महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।

योसँगै बार्सिलोना महिला च्याम्पियन्स लिग जित्ने पहिलो स्पेनिस क्लबसमेत बनेको छ। आइताबार राति सम्पन्न फाइनल खेलमा बार्सिलोनाले चेल्सीविरुद्ध चार गोल गरेको थियो। महिला च्यापियन्स लिग फाइनलमा यो नै सबैभन्दा ठूलो अन्तर हो।

बदलामा चेल्सीले गोल फर्काउन सकेन्। बार्सिलोनाका लागि एलेक्जा पुटेलाज, एटिना मानमाटी र कारोलिना ग्राहमले गोल गकेकी थिइन्।

त्यसअघि खेलको ३३ सेकेन्डमै चेल्सीकी मेलानिई लेउपोजले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो। त्यसपछि दबाब आएको चेल्सीलाई बार्सिलोनाले सहजै परास्त गरेको थियो।

यसससँगै महिला र पुरुषतर्फ दुवैमा च्याम्पियन्स लिग जित्ने बार्सिलोना पहिलो क्लब बनेको छ।

यसअघि वुमेन्स सुपर लिग र लिग कप जितिसकेको चेल्सी च्यापियन्स लिग जित्दै ट्रियो गर्न चाहान्थ्यो तर उसको त्यो सपना विफल भएको छ।
आर्सनलले २००७ मा घरेलु लिग, कप र च्याम्पियन्स लिग जित्दै ट्रियो गर्ने पहिलो महिला क्लब बनेको थियो।

प्रकाशित: May 17, 2021| 02:41 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।