बिहीबार, असार २५, २०८३

बराबरीमा रोकियो मिलान

इटालियन सिरी ए मा सानदार सुरुआत गर्दै शीर्षस्थानमा अग्रता कायम गरिरहेको एसी मिलान आइतबार रातिको खेलमा बराबरीमा रोकिएको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - इटालियन सिरी ए मा सानदार सुरुआत गर्दै शीर्षस्थानमा अग्रता कायम गरिरहेको एसी मिलान आइतबार रातिको खेलमा बराबरीमा रोकिएको छ। 

एसी मिलानको सान सिरो रंगशालामा सम्पन्न खेलमा उसले क्यालिग्रीविरुद्ध बल पोसेसनसमेत गुमाउँदै बराबरीमा रोकिएको हो।

खेल अवधिभर मिलानले २१ पटक प्रहार गरे पनि कुनै प्रहार गोलमा परिणत बन्न सकेन। यता क्यालिग्रीले सातपटक गरेको प्रहार पनि खेर गएको थियो।

यो गोलरहित बराबरीसँगै मिलानले तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ। ऊ अहिले ७६ अंकका साथ चौथो स्थानमा छ।

शीर्ष चारका लागि प्रतिस्पर्धा भइरहेको अवस्थामा ७५ अंक बनाएको युभेन्टस पाँचौ स्थानमा छ भने ७६ अंकको नापोली तेस्रो स्थानमा छ।

तेस्रो स्थानको नापोलीभन्दा १२ अंक र दोस्रो स्थानको एटलान्टाभन्दा १० अंकअघि रहेको इन्टर मिलानले ८८ अंक बनाउँदै लिग जितिसकेको छ।

प्रकाशित: May 17, 2021| 02:20 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।