बिहीबार, असार २५, २०८३

सानदार जित निकाले पनि पीएसजीलाई शीर्षस्थान पुग्न सकस

शीर्षस्थानको लिल्लले लगातार जित निकालिरहेपछि पीएसजीले उपाधि जित्नेमा शंका बढेर गएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काडमाडौं - फ्रेन्च लिग वानमा अब सबै टिमको १–१ खेल बाँकी छ। तर, साविक विजेता पीएसजीलाई शीर्षस्थानमा पुग्न निकै सकस छ। जारी सिजनमा सुपरकपबाहेक अन्य उपाधि जित्न नसकिरहेको पीएसजीलाई लिग वान जित्नैपर्ने दबाब छ।

तर, शीर्षस्थानको लिल्लले लगातार जित निकालिरहेपछि पीएसजीले उपाधि जित्नेमा शंका बढेर गएको छ। अहिले ८० अंकका साथ लिल्ल शीर्षस्थानमा छ भने एक अंक पछि रहेको पीएसजी दोस्रो स्थानमा छ।

लिल्ल शनिबार रातिको खेलमा गोलरहित बराबरीमा रोकिएपछि मात्र पीएसजीले शीर्षस्थानको टिमसँग अंकदूरी घटाउन सफल बनेको थियो।

यता गएरातिको खेलमा पीएसजीले भने रिम्सविरुद्ध ४–० गोलको जित निकाल्यो। जितका लागि नेयमार, कालियन एम्बाप्पे, माक्र्विन्होस र मोइसे किनले गोल गरेका थिए।

यता रिम्सका युनिस १० औं मिनेटमै रातो कार्ड पाएर बाहिरिएपछि पीएसजीले १० खेलाडीमा सीमित टिमविरुद्ध सहज जित निकालेको हो।

अबको खेलमा पीएसजीले जित निकाल्न सके र शीर्षस्थानको टिमले बराबरी वा हार बेहोरे मात्र पीएसजीको उपाधि सम्भव देखिन्छ। ऊ सेमिफाइनलमै च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ।

प्रकाशित: May 17, 2021| 02:06 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।