शुक्रबार, असार २६, २०८३

गोलकिपर एसिलनले गोल गरेपछि लिभरपुलको जित

लिभरपुलका गोलकिपर एलिसन बेकरले खेलको इज्युरी समयमा गोल गरेपछि लिभरपुलले वेस्ट ब्रुममाथि रोमाञ्चक जित निकालेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं – लिभरपुलका गोलकिपर एलिसन बेकरले खेलको इज्युरी समयमा गोल गरेपछि लिभरपुलले वेस्ट ब्रुममाथि रोमाञ्चक जित निकालेको छ।

वेस्ट ब्रुमको मैदानमा सम्पन्न प्रिमियर लिगको खेलमा १/१ गोलको बराबरी भएको अवस्थामा गोल गर्दै एलिसनले २/१ गोलको जित दिलाएका हुन्।

खेलको १५औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमका हल रोब्सनले अग्रता बनाएका थिए। तर, उनको अग्रतालाई मोहम्मद सलाहले ३३औं मिनेटमा भंग गरिदिए।

यससँगै पहिलो हाफमा लिभरपुलले खेललाई बराबरीमा रोकेको थियो। खेलमा ७७ प्रतिशत समय बलमा पकड बनाएको लिभरपुलले निर्धारित ९० मिनेटसम्म गोल गर्न सकेन्।

तर, खेलको इन्ज्युरी समयमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुलको १२९ वर्षे इतिहासमा नयाँ रेकर्ड स्थापना गरेका छन्। प्रतिस्पर्धात्मक खेलमा गोलकिपरले गोल गरेको इतिहास लिभरपुलको कुनै पानामा थिएन। जुन गएराति एलिसनले बनाए।

त्यस्तै, उनी प्रिमियर लिगमा गोल गर्ने छैटौं गोलकिपर बनेका छन्। तर, हेडरबाट गोल गर्ने पहिलो गोलकिपर बने। उनको गोलसँगै निस्केको जितले लिभरपुललाई च्याम्पियन्स लिगमा पुग्न सक्नेमा आशावादी बनाएको छ।

एलिसनले आफ्नो गोल पितालाई समर्पण गरेका थिए। ‘यादी मेरो बुवा यहाँ हुनुहुन्थ्यो भने उहाँ भगवान्सँग प्रर्थना गरिरहेको हुनुहुन्थ्यो होला,’ ब्राजिलियन गोलकिपरले भने।

उनले फरवार्डतिर हेर्दै ठट्टाको शैलीमा भने, ‘आशा छ म फेरि फेरि गोल गर्न आइरहनु पर्ने छैन्।’

उनले यो गोल आफ्नो उत्कृष्ट गोल भएको बताएका छन्। तर, उनको यो एकमात्र गोल हो भनेर सम्झाएपछि भने, ‘ठिक छ, यो नै मेरो बेस्ट हो।’

गएको फेब्रुअरीमा एलिसनका पिता गोसे एगोस्टिन्होको निधन भएको थियो। यसकारण पछिल्लो दुई महिना उनी परिवारको सम्झानामा विक्षुप्त भएको बताएका छन्।

‘म भावुक थिएँ, कि मेरो सम्झनामा आउन पहिलो क्षणमा म बुवासँग फुटबल खेलिरहेको थिएँ। मेरो पहिलो मेमोरी हो त्यो। पछिल्लो फेब्रुअरीमा परिवारमा घटना भयो तर अहिले फुटबल नै मेरो जिवन हो,’ उनले भने, ‘तर मैले आज गोल गरेँ। यसले च्याम्पियन्स लिगमा पुग्न सहयोग गर्नेछ। फुटबलमा सबैकुरा क्वालिफिकेसनबाटै हुन्छन्।’

त्यस्तै, लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि एलिसेनको गोललाई बेस्ट मोमेन्टको संज्ञा दिएका छन्।

प्रकाशित: May 17, 2021| 01:41 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।