मंगलबार, साउन १९, २०८३

संक्रमितले प्रयोग गरेको अक्सिमिटर र थर्मामिटर अरुले प्रयोग गर्न मिल्छ कि मिल्दैन?

नेपाल कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको छ। दिनहुँ अवस्था भयावह बन्दै गइरहेको छ। संक्रमित हुने अधिकांश गम्भीर बन्ने र अक्सिजनको आवश्यकता पर्ने क्रम बढ्दो छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

नेपाल कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको छ। दिनहुँ अवस्था भयावह बन्दै गइरहेको छ। संक्रमित हुने अधिकांश गम्भीर बन्ने र अक्सिजनको आवश्यकता पर्ने क्रम बढ्दो छ। 

केही मानिस होम आइसोलेशनमा छन्। संम्वन्धित विशेषज्ञका अनुसार अझै संक्रमणलाई लिएर मानिसको मनमा थुप्रै भ्रम छन्। एउटा समस्या के पनि देखिन सक्छ भने घरमा रहेका संक्रमितले प्रयोग गरेको अक्सिमिटर र अन्य उपकरण घरका अन्य सदस्यले पनि प्रयोग गरिरहेका हुन्छन्।

स्वास्थ्य विशेषज्ञका अनुसार कोरोना संक्रमितले प्रयोग गरेको अक्सिमिटर घरका अन्य सदस्यले पनि प्रयोग गर्न सक्छन्। तर, अक्सिमिटर प्रयोग गर्नु भन्दा पहिले राम्रोसँग सेनिटाइज गर्नुपर्छ। अक्सिमिटर प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।

तर, कोरोना संक्रमितले प्रयोग गरेको थर्मामिटर भने परीवारका अन्य सदस्यले प्रयोग गर्न मिल्दैन। कोरोना संक्रमित र परीवारका अन्य सदस्यले प्रयोग गर्ने थर्मामिटर फरक-फरक हुनुपर्छ। संक्रमण मुक्त भइसकेपछि संक्रमितले प्रयोग गरेको थर्मामिटर फ्याकिदिनुपर्छ।

होम आइसोलेशनमा बसेका मानिसले खाना पकाउने ठाउ, खाने भाडा, र शौचालयको अलग्गै व्यवस्था गर्नुपर्छ। यसका साथै घरमै वस्ने गर्नुपर्छ। सार्वजनिक ठाउँमा जाने गर्नु हुँदैन। 

यस्तै कोरोना संक्रमण भए पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई खबर गरिदिनुपर्छ। जसले गर्दा उनीहरू पनि सुरक्षित रहन सकुन। यसका साथै स्वास्थ्यमा कुनै समस्या हुँदा तुरुन्तै चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ। गाह्रो हुँदै गए वा अक्सिजन घट्दै गए अस्पताल गइहाल्नुपर्छ।

संक्रमितले पौष्टिक आहार खाने गर्नुपर्छ। कोरोना नियन्त्रणका लागि बनाइएका सबै स्वास्थ्य मापदण्डको पालन गर्नुपर्छ।

प्रकाशित: May 17, 2021| 01:33 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्