बिहीबार, माघ ८, २०८२

एट्लेटिको र रियल उपाधि होडमा, बाहिरियो बार्सिलोना

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा सेल्टा भिगोसँग २–१ हार बेहोर्दै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा सेल्टा भिगोसँग २–१ हार बेहोर्दै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ।

National life

रोनाल्ड कोम्यानको टिम अन्तिम एक खेल बाँकी रहँदा शीर्ष र दोस्रो स्थानको टिमबाट तीन भन्दा धेरै अंकको दूरी बनाएर तेस्रो स्थानामा बसेको हो।

क्याम्प नोउमा आइतबार राति भएको खेलको २८ औं मिनेटमा लियोनेल मेस्सीले अग्रता बनाए पनि सेल्टाका सान्टी मिनाले ३८ र ८९ औं मिनेटमा गोल गर्दै सेल्टालाई जित दिलाए।

बार्सिलोनाका क्लिमेन्ट लेन्गेटले ८३ औं मिनेटमा रेड कार्ड पाएपछि बचेको समयमा बार्सिलाेना १० खेलाडीमा सीमित बनेको थियो।

गएरातिकै खेलमा जित निकाल्दै शीर्षस्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले भने उपाधि भिडन्त कायम राखेका छन्।

Laxmi sunrise bank
kumari

शीर्षस्थानको एट्लेटिको मड्रिडले ओसासुनाविरुद्ध २–१ गोलको जित निकालेको थियो। र, एट्लेटिकोको जितका लागि लुइस सुआरेज र रेनन लोदीले समान १–१ गोल गरेका थिए।

त्यस्तै, गएरातिकै अर्को खेलमा रियल मड्रिडले पनि जित निकाल्यो। उसले एथ्लेटिक क्लबविरुद्धको खेलमा १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

रियलका लागि नाचोले गोल गरेका थिए। संघर्षपूर्ण जितसहित रियलले अंकतालिकामा ८१ अंक जोडेको छ। त्यसैले ऊ शीर्षस्थानको एट्लेटिकोभन्दा दुई अंक पछि छ।

तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ। अब लिगामा यी टिमको मात्र १–१ खेल बाँकी छ। रियल र एट्लेटिको दुवैले जित निकाले उपाधि २०१३ पछि पहिलोपटक एट्लेटिकोले जित्ने छ।

तर एट्लेटिको पराजित भएमा अथवा बराबरीमा रोकिएमा र रियलले जित निकालेमा उपाधि रियलले जित्नेछ। पछिल्लो सिजनको उपाधि पनि अन्तिम चरणका नाटकीय खेलबाट रियलले जितेको थियो।

तर, दुवै टिमले हार बेहोरेको अवस्थामा एट्लेटिकोले नै उपाधि जित्ने छ।

प्रकाशित: May 17, 2021| 01:10 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।