सोमबार, जेठ ४, २०८३

कोरोनाको दोस्रो भेरिएन्ट मिर्गौला पीडितका लागि बढी जोखिमपूर्ण

नेपाल कोरोना भाइरसको दोस्रो लहरबाट आक्रान्त बनेको छ। दोस्रो लहर फैलिएसँगै नेपालमा भाइरसको दोस्रो भेरिएन्ट सक्रिय छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - नेपाल कोरोना भाइरसको दोस्रो लहरबाट आक्रान्त बनेको छ। दोस्रो लहर फैलिएसँगै नेपालमा भाइरसको दोस्रो भेरिएन्ट सक्रिय छ।

National life

दोस्रो लहरले स्वस्थ मानिसलाई पनि बढी गम्भीर पारिरहेको छ। डाक्टरका अनुसार डाइबिटीज, मुटु रोगी, मिर्गौला रोगी र ब्लड प्रेसरका बिरामी पहिलेबाट नै कमजोर हुन्छ। यस्तो अवस्थामा भाइरसले सहजै संक्रमण गर्ने जोखिम हुन्छ।

जुन मानिसमा क्रोनिक किडनी डिजीजको समस्या वा डायलाइिसस गरिरहेका हुन्छन् उनीहरू झनै संक्रमणको जोखिममा हुन्छन्।

क्रोनिक किडनी डिजीज भएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। त्यसैले उनीहरूलाई जुनसुकै रोगसँग लड्नु जोखिमपूर्ण हुन्छ। 

मिर्गौलाका बिरामी दुई प्रकारले ग्रसित हुन्छन्। लाइलायसिस गर्ने वा औषधिबाट उपचार गर्ने गरी दुई प्रकारका बिरामी हुन्छ। डायलाइसिस गरिरहेका बिरामीका लागि नियमित डायलाइसिस गर्नु महत्वपूर्ण हुन्छ। उनीहरूले कत्तिपनि लापरबाही गर्नु हुँदैन। औषधि सेवन गरिरहेका मानिसले घरमै रहेर उपचार गर्नसक्छन्।

डायलासिस गर्न अस्पताल पुग्नुपर्ने बिरामीले उच्च सतर्कता अपनाउनुपर्छ। सामान्य लापरबाहीले समय संक्रमण भएर जोखिम निम्तिन सक्छ।

मिर्गौला पीडित मानिसले घरमै पनि राम्रो रेखदेख गर्नुपर्छ। त्यस्ता बिरामीले आवश्यकता बिना घर बाहिर जानु हुँदैन। सामाजिक दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ। मिर्गौला पीडितलाई राम्रो खानपानका साथै शरीरलाई हाइड्रेशन बनाइराख्नुपर्छ। समयमै औषधि सेवन गर्नुका साथै शरीरमा हुने लक्षणलाई ख्याल गर्नुपर्छ।

मिर्गौला पीडितलाई डायलाइसिसको समय संक्रमणको उच्च जोखिम हुन्छ। नियमित डायलाइसिसलाई रोक्न सकिँदैन। त्यसैले अस्पताल जाँदा आउँदा उच्च सतर्कता अपनाउनुपर्छ। 

कोरोनाको दोस्रो लहरमा मानिसमा खोकी लाग्ने, ज्वरो आउने, स्वास फुल्ने जस्ता लक्षण देखिउका छन्। यस्तो अवस्थामा मिर्गौला पीडितले उच्च सावधानी अपनाउनुपर्छ। शरीरमा कुनै असामान्य परीवर्तन हुँदा चिकित्सकसँग परामर्श लिइहाल्नुपर्छ।

मिर्गौला ट्रान्सप्लान्ट  गरेका मानिसले पनि उच्च सावधानी अपनाउनुपर्छ। यस्ता मानिसमा एन्टिरिजेक्सन औषधि जसलाई इम्युनोसप्रेसिव औषधि पनि भनिन्छ। यो औषधिको सेवन गर्नुपर्छ। यस्ता मानिसले पनि अनावश्यक घर बाहिर जानु हुँदैन।

प्रकाशित: May 17, 2021| 00:27 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्