मंगलबार, साउन १९, २०८३

काठमाडौं महानगरका स्कुलले २० गतेभित्र परीक्षा सक्नुपर्ने

काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले जेठ २० गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्नुपर्ने भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले जेठ २० गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्नुपर्ने भएको छ। यस्तै नतिजा जेठ मसान्तसम्म प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र असार पहिलो साताबाट सुरु गर्ने महानगरपालिकाको शिक्षा विभागले आइतबार जनाएको छ।

कक्षा ८ को नगरस्तरीय परीक्षाका बारेमा पनि छिट्टै निर्णय गरिने विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताएका छन्। परीक्षा पाठ्यक्रमले तोकेअनुसार अनलाइन/अफलाइन माध्यमबाट लिन सकिनेछ।

यस्तै शैक्षिक सत्रमा सञ्चालित टर्मिनल परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन वा इमेलबाट प्रश्न पठाएर लिन सकिने सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: May 16, 2021| 10:39 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्