बिहीबार, असार २५, २०८३

यस्तो छ अल्मुताइरीले बनाएको नेपाली राष्ट्रिय फुटबल टिम 

फिफा विश्वकप, एसिया कप छनोट र कुवेतविरुद्धको मैत्रपूर्ण खेलका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ खलाडी छनोट गरेका छन्। 
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं- फिफा विश्वकप, एसिया कप छनोट र कुवेतविरुद्धको मैत्रपूर्ण खेलका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ खलाडी छनोट गरेका छन्। 

त्यसमा अधिकांश पहिलेका खेलाडीले निरन्तरता पाएका छन् भने केही नयाँ खेलाडी पनि देखिएका छन्। मनिष डाँगी, कमल थापा, सुरज ठकुरी, आयुष घलानलगायतका खेलाडी राष्ट्रिय टिमका नयाँ सदस्य हुन्।

तर राष्ट्रिय टिमबाट खेलिसकेका संजोक राई, अजित भण्डारी, छिरिङ गुरुङ, त्रिदेव गुरुङलगायतका खेलाडी भने अहिलेको टिममा परेका छैनन्। त्यस्तै, टिमका नियमित सदस्य विकेश कुथु र तेज तामाङले पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अवसर गुमाएका छन्। 

नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्दैछ। त्यसको लागि गएको बुधबारबाटै सातदोबाटोस्थित एन्फाको मैदानमा अभ्यास सुरु भइसकेको छ। त्यस्तै नेपालले आगामी जुन ३, ७ र ११ मा चाइनिज ताईपे, जोर्डन र अष्ट्रेलियासँग खेल्दैछ। 

यस्तो छ नेपालको टिम : 

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा 

मिडफिल्डर : मनिष डाँगी, विशाल राई, एरिक विष्ट, रवी पासवान, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, कमल थापा, नितिन थापा, सन्तोष तामाङ 

डिफेन्डर : रोहित चन्द, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास, अनन्त तामाङ, दिनेश राजवंशी 

गोलरक्षक : किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की

प्रकाशित: May 16, 2021| 08:57 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।