काठमाडौं – बलियो प्रतिद्वन्दी चेल्सीलाई १–० गोलले हाराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेके छ। शनिबार राति सम्पन्न फाइनल खेलमा उसले चेल्सीलाई हराउँदै इतिहासमै पहिलोपटक उपाधि जितेको हो।
वेम्बले रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा लेस्टरको जितका लागि योउरी टेलेमन्सले एकमात्र गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि टेलेमन्सले खेलको ६५औं मिनेटमा निर्णायक गोल गरेर लेस्टरलाई जित दिलाएका थिए।
खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण राख्दै चेल्सीले १३ प्रहार गरे पनि कुनै अवसरलाई गोलमा परिवनर्तन गर्न सकेन्।
यससँगै लेस्टरले इतिहासमै पहिलो पटक एफए कपको उपाधि जितेको हो।