बिहीबार, असार २५, २०८३

तिक्ततापूर्ण खेलमा इन्टरमाथि युभेन्टसको जित

इटालियन सिरी ए मा चौथो स्थानको लागि संघर्ष गरिरहेको युभेन्टसले शनिबार रातिको तिक्तापूर्ण खेलमा बलियो प्रतिद्वन्दी इन्टर मिलानसँग जित निकालेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं – इटालियन सिरी ए मा चौथो स्थानको लागि संघर्ष गरिरहेको युभेन्टसले शनिबार रातिको तिक्तापूर्ण खेलमा बलियो प्रतिद्वन्दी इन्टर मिलानसँग जित निकालेको छ।

युभेन्टसको ओल्डी लेडी रंगशालामा भएको खेलको ५५औं मिनेटमै १० खेलाडीमा समेटिएको टिमले ३–२ गोलको जित निकालेको हो।

युभेन्टसको जितका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवन कुवाड्राडोले दुई गोल गरे। रोनाल्डोले पेनाल्टीको एउटा अवसर गुमाए भने युभेन्टसकै जर्जियो चिलेनीले ८३औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि इन्टरले गोल उपहार पायो।

रोनाल्डोले खेलको २४औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए पनि इन्टरका रोमेलु लुकाकूले ३५औं मिनेटमा पेनाल्टीमार्फत् गोल फर्काउँदै खेलाई बराबरी गरे।

तर, पहिलो हाफको इन्ज्युरी समयमै कुवाड्राडोले गोल गर्दै पहिलो हाफमा २–१ गोलको अग्रता बनाए। जर्जियोको आत्मघाती गोलले ३औं मिनेटमा बराबरी बनेको खेल ८औं मिनेटमा कुवाड्राडोले गोल युभेन्टसका पोल्टामा पारेका थिए।

खेलको ५५औं मिनेटमा युभेन्टसका रोड्रिगोले रेड कार्ड पाए भने दोस्रो हाफको इन्ज्युरी समयमा इन्टरका मार्सेलो ब्रोजोविचले रेकड कार्ड पाएका थिए।
यो जितसँगै युभेन्टस ७५ अंक बनाएर चौथो स्थानमा उक्लिएको छ। शीर्षस्थानको इन्टर मिलानाले सिरी एको उपाधि जितिसकेको छ।

प्रकाशित: May 16, 2021| 02:43 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।