काठमाडौं – इटालियन सिरी ए मा चौथो स्थानको लागि संघर्ष गरिरहेको युभेन्टसले शनिबार रातिको तिक्तापूर्ण खेलमा बलियो प्रतिद्वन्दी इन्टर मिलानसँग जित निकालेको छ।
युभेन्टसको ओल्डी लेडी रंगशालामा भएको खेलको ५५औं मिनेटमै १० खेलाडीमा समेटिएको टिमले ३–२ गोलको जित निकालेको हो।
युभेन्टसको जितका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवन कुवाड्राडोले दुई गोल गरे। रोनाल्डोले पेनाल्टीको एउटा अवसर गुमाए भने युभेन्टसकै जर्जियो चिलेनीले ८३औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि इन्टरले गोल उपहार पायो।
रोनाल्डोले खेलको २४औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए पनि इन्टरका रोमेलु लुकाकूले ३५औं मिनेटमा पेनाल्टीमार्फत् गोल फर्काउँदै खेलाई बराबरी गरे।
तर, पहिलो हाफको इन्ज्युरी समयमै कुवाड्राडोले गोल गर्दै पहिलो हाफमा २–१ गोलको अग्रता बनाए। जर्जियोको आत्मघाती गोलले ३औं मिनेटमा बराबरी बनेको खेल ८औं मिनेटमा कुवाड्राडोले गोल युभेन्टसका पोल्टामा पारेका थिए।
खेलको ५५औं मिनेटमा युभेन्टसका रोड्रिगोले रेड कार्ड पाए भने दोस्रो हाफको इन्ज्युरी समयमा इन्टरका मार्सेलो ब्रोजोविचले रेकड कार्ड पाएका थिए।
यो जितसँगै युभेन्टस ७५ अंक बनाएर चौथो स्थानमा उक्लिएको छ। शीर्षस्थानको इन्टर मिलानाले सिरी एको उपाधि जितिसकेको छ।