महिनावारी हुँदा योनीबाट आउने रगतमा ध्यान दिनुपर्छ। किनकि यसले हाम्रो स्वास्थ्यका बारेमा जानकारी दिन्छ।
समय-समयमा यसको रंग बद्लिने गर्छ। तर, महिनावारी हुँदा सामान्य रुपमा रंक्तस्राव नभएमा कुनै स्वास्थ्य समस्या हुनसक्नेतर्फ ध्यान दिनुपर्छ।
यस्तो अवस्थामा रगतको रंग कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ। रगतको रंगले योनीमा हुने संक्रमण वा अन्य बिरामीका बारेमा जानकारी दिन्छ। त्यसैले महिनाबारी हुँदा रगतको रंग फेरिरहेको भए बेवास्ता गर्नु हुँदैन।
गाढा रातो
महिनावारी हुँदा गाढा रातो रगत आइरहेको भए यो स्वास्थ्यका लागि राम्रो मानिन्छ। एकदमै रातो रगत ताजा हुन्छ। मासिक रुपमा नियमित महिनावारी भइरहेको छ र रातो रंग बगिरहेको भए आत्तिनु पर्दैन। पिरिएड एकदम नर्मल छ सोच्नुपर्छ।
गुलावी रंग
यदि महिनावारीको समयमा गुलावी रंग बगिरहेको भए यो राम्रो संकेत होइन। यसको अर्थ यौनीमा इन्फेक्सन, सेक्सुअल ट्रान्समिटेड इन्फेक्सन वा अन्य कुनै ब्याक्टेरियाको इन्फेक्सन हुनसक्ने संकेत हो। यस्तो रगत बग्दा अनौठो गन्ध आउने गर्छ। यस्तो अवस्थामा लापरबाही गर्नु हुँदैन।
ग्रे रंग
यदि महिनावारी हुँदा ग्रे रंगको रगत बग्यो भने यौनीमा इन्फेक्सनको संकेत हो। यसलाई ब्याक्टेरियल भेजाइनोसिस संक्रमण भनिन्छ। यो सामान्य संक्रमण हो। आफै ठिक हुन्छ। तर, गर्भावस्थाको बेला भए यो गर्भपतनको संकेत पनि हुनसक्छ।
खैरो रंग
महिनावारी हुँदा खैरो रंग देखिँदा आत्तिनु आवश्यक छैन। यो प्रकारको रगत निस्किनु सामान्य कुरा हो। महिनावारीको सुरुमा र अन्त्यमा यस्तो प्रकारको रगत बग्नेगर्छ। यो रंगको रगत प्राय महिलामा देखिन्छ। यसको अर्थ महिलाको पाठेघरमा रगत पुरानो भइसकेको संकेत हो। यो बग्नु राम्रो मानिन्छ।
कालो रंग
कालो रंगको रगत महिनावारी अनियमित हुने महिलामा देखिन्छ। ढिलो गरि महिनावारी हुने महिलामा कालो रंगको रगत बग्छ। किनकी यसमा सामान्य भन्दा अधिक अक्सिडाइजड हुन्छ। यस्तो अवस्थामा रगतको रंग कालो हुनजान्छ। यस्ले ठूलो रोग ननिम्त्याउने भए पनि पटक-पटक यहि समस्या दोहोरिए चिकित्सकसँग परामर्श लिनुपर्छ।