आइतबार, पुस १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महामारीभन्दा ठूलो रैछ भोकमरी

डेराबाट निकालिएकाहरु राजधानीका मठमन्दिर र सार्वजनिक स्थलमा रात काट्न थालेका छन्। दिनभर खानाको खोजीमा भौंतारिन र राति मन्दिर परिसरमा बिताउन बाध्य छन् उनीहरू। 
 |  आइतबार, जेठ २, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, जेठ २, २०७८

ntc landingntc landing

काठमाडौं - कोरोना महामारी रोकथामका लागि निषेध आदेश जारी भएसँगै मजदुरहरुको बास सडकमा हुन थालेको छ। दैनिक ज्यालादारी गरी गुजारा चलाउँदै आएका उनीहरु निषेध आदेशसँगै कामविहीन भएपछि डेराबाट उठिबास भएका हुन्। कोही भाडा तिर्न नसकेपछि घरबेटीले निकालेको बताउँछन् त कोही पैसा नभएपछि आफैंले कोठा छाडेको बताउँछन्। 

himalayan bank box

डेराबाट निकालिएकाहरु राजधानीका मठमन्दिर र सार्वजनिक स्थलमा रात काट्न थालेका छन्। दिनभर खानाको खोजीमा भौंतारिन र राति मन्दिर परिसरमा बिताउन बाध्य छन् उनीहरू। 

शनिबार साँझको ७ बज्दै थियो। वसन्तपुर क्षेत्रमा खानाका लागि जम्मा हुनेको भीड बढ्दै थियो। कुलेखानीका दिलविकास मल्ल पनि खाना खाने लाममा भेटिए। उमेरले तीन बीस काटेका मल्ल एक सातादेखि वसन्तपुर क्षेत्रका मन्दिरमा आश्रयस्थल बनाएर बसिरहेको बताउँछन्। दाताहरुले ल्याइदिए खान्छन्। नत्र भोकै रात बिताउँछन् उनी। भोलिपल्ट भएपछि पनि अवस्था उस्तै।

लुगाफाटो पोको पारेको झोला सिरानी बनाएर रात काट्ने गरेको उनको भनाइ छ। कोही नयाँ मान्छे आए केही खाने कुरा ल्याइदिए कि भनेर आँखा तन्काउँदै हेर्छन्। उनी दुःख व्यक्त गर्छन्, ‘कसैले केही दिए खाइहाल्यो नत्र भोकै बस्यो, रात काट्यो। के गर्नु यस्तै हजुर! काम सबै बन्द छ। घरभेटीले पैसा तिर्न नसकेकै कारण निकालिहाले।’ 

‘कसैले केही दिए खाइहाल्यो नत्र भोकै बस्यो, रात काट्यो। के गर्नु यस्तै हजुर! काम सबै बन्द छ। घरभेटीले पैसा तिर्न नसकेकै कारण निकालिहाले।’ 

मल्ल घर बनाउने काम गर्थे। निषेध आदेश भए पनि घर बनाउने काम त नरोकिएला नि भन्ने सोचेर गाउँ नगएको उनी बताउँछन्। उनी भन्छन्, ‘काम रोकियो। निषेध आदेश  थपिँदै गयो। त्यसैले सडकमा आइपुगेको हुँ।’ 

vianet

घरभाडा एक महिनादेखि तिर्न बाँकी थियो। काम गर्न नसकेपछि पहिलाको नि तिर्न सकिएन, अहिलेको पनि तिर्न नसक्ने अवस्था बन्यो। त्यसपछि घरभेटीले कोठाबाटै निकालिदिएको उनको भनाइ छ। उनले घरबेटीको नाम भने खुलाउन चाहेनन्।

मल्ल एक्लै काठमाडौंको टेकु क्षेत्रमा मासिक चार हजार रुपैयाँ तिरेर भाडामा बस्दै आएका थिए। उनी भन्छन्, ‘पैसा नियमित तिर्दै आएको थिएँ। अहिले काम नै ठप्प भएपछि कहाँबाट ल्याएर तिर्नु?’ 

उनी अहिले मन्दिर क्षेत्रमा पनि प्रहरीले लखेट्ने गरेको बताउँछन्। ‘घरीघरी प्रहरी आएर सिठी फुक्छ। यहाँ नबस्नु भनेर लखेट्छ? अब कहाँ जानु?’ उनी भन्छन्, ‘कसैले खाना बाँडेन भने भोकै बस्नुपर्छ। केही पैसा जुगाड भए घर फर्किने थिएँ। तर गाडी चलेको छैन, कसरी जाने?’

दोलखाकी बुनु पाण्डे पनि वसन्तपुरमा खानाको खोजीमा भौंतारिइरहेकी भेटिइन्। कसैले १०–२० रुपैयाँ दिन्छ कि भनेर उनी हातमा सानो झोला च्यापेर यताउता हिँडिरहेकी थिइन। 

पति बितेसँगै २० वर्षदेखि उनी काठमाडौंको नरदेवीमा बस्दै आएकी छिन्। दुई छोरा भएर पनि बेसहारा बनेकी उनी आफ्नो गुजारा चलाउन वसन्तपुर क्षेत्रमा नेपाली झोला बेच्ने गर्थिन्। 

मुलुक महामारीले ठप्प छ। उनीहरु भने आफूलाई महामारीले भन्दा भोकमरीले सताएको बताउँछन्। मास्क पनि राम्ररी नलगाएका उनीहरुले स्वास्थ्य मापदण्ड पनि पालना गरेका छैनन्। 

निषेध आदेश सुरु भएसँगै उनको काम ठप्प छ। ‘निषेध आदेश लम्बिँदै गएपछि घरमा भएका खाने कुरा पनि सकियो। अब त सडकमा कसले के बाँड्छ र खान पाइएला भनेर हिँड्नुपरेको छ’, उनी भन्छिन्। 

उनलाई कुन दिन घरबेटीले डेरबाट निकाल्ने हो थाहा छैन। ‘दुई महिनादेखि पैसा तिर्न सकेको छैन। पैसा मागिरहेका छन्। कहाँबाट ल्याएर दिनु’, उनले दुःखेसो पोखिन्। 

उनका जेठा छोरा लागूपदार्थ दुव्र्यसनी थिए। अहिले कहाँ छन् उनलाई पत्तो छैन। कान्छा छोराको भने २०७७ फागुनमा मृत्यु भएको उनले सुनाइन्। ‘कालो टीबी लागेको थियो। तीन लाख खर्च गरेर उपचार गरें। बचाउन सकिनँ। छोरो पनि छैन,  पैसा पनि छैन’, उनले भनिन्। 

पीडाले थिचिएकी ६० वर्षीया पाण्डेलाई निषेध आदेशले थप सास्ती दिएको छ। 

दिलविकास मल्ल र बुनु पाण्डे मात्रै हैन, अचेल वसन्तपुर क्षेत्रमा मन्दिरमा धेरै मजदुरले रात कटाइरहेका छन्। मुलुक महामारीले ठप्प छ। उनीहरु भने आफूलाई महामारीले भन्दा भोकमरीले सताएको बताउँछन्। मास्क पनि राम्ररी नलगाएका उनीहरुले स्वास्थ्य मापदण्ड पनि पालना गरेका छैनन्। मल्ल भन्छन्, ‘पहिला त भोक मेटाउनपर्‍यो नि हजुर, अनि पो रोगबाट जोगिने त!’

अघिल्लो वर्ष महामारीमा पनि यस्ता धेरै मजदुरको उठिबास लागेको थियो। तर उनीहरुलाई राज्यले कुनै राहत दिएको छैन। यस वर्ष पनि दैनिक ज्यालादारीमा काम गरेर जीवन निर्वाह गर्दै आएका यस्ता धेरै मजदुरको रोजीरोटी खोसिएको छ। यस्ता मजदुरको संख्या मुलुकमा कति छ भन्ने कुनै तथ्यांक राज्यका निकायसँग छैन। त्यसैले उनीहरुलाई राहत दिने कुरा पनि प्रधानमन्त्रीको भाषणमा मात्र सीमित छ।

 

प्रकाशित: May 16, 2021| 00:39 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।