बिहीबार, माघ ८, २०८२

एनएसएलका सर्वाधिक गोलकर्ता बने क्यामरुनी खेलाडी मेसुके 

शनिबार काठमाडौंले नेपाल सुपर लिगको उपाधि जित्दा क्यामरुनका खेलाडी मेसुके ओलामेउ ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- शनिबार काठमाडौंले नेपाल सुपर लिगको उपाधि जित्दा क्यामरुनका खेलाडी मेसुके ओलामेउ ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। 

National life

उनले लिगको उद्घाटन खेलमा पनि गोल गरे। फाइनल खेलमा पनि गोल गरे। यसबीच विराटनगर सिटी फुटबल क्लबलाई हराउँदा ह्याट्रिक गरे। 

आज सम्पन्न सुपर लिगमा ह्याट्रिक गर्ने एकमात्र खेलाडी बने मेसुके। उनले लिगको पहिलो खेलमा ललितपुरलाई १–० गोलले हराउँदा निर्णायक गोल गरेका थिए। 

उनले दोस्रो र तेस्रो खेलमा गोल गर्न सकेनन्। ती खेलमा काडमाडौंका कुनै खेलाडीले गोल गरेनन्। तर लिगको पाँचौ खेलमा उनले विराटनगरविरुद्ध ह्याट्रिक गरे। त्यस्तै, लिग चरणको अन्तिम खेलमा चितवनविरुद्ध एक गोल गरे। 

यसरी उनले लिग चरणमै पाँच गोल गरे। त्यस्तै प्ले अफमा दुई गोल गरे। प्ले अफमा उनल ललितपुरविरुद्ध दुई गोल गरे भने फाइनलमा एक गोल गरे। 

Laxmi sunrise bank
kumari

लिग काठमाडौंलाई जिग जिताउन सबैन्दा महत्वपूर्ण भूमिका खेलेका मेसुकेले उपाधि जितेपछि खुसी लागेको बताएका छन्। 

उनले भने, ‘म धेरै खुसी छु। नेपाल बसाई राम्रो भयो। मलाई आजको खेलमा डिफेन्सिभ गोल प्राप्त भएको थियो। त्यसले बल होल्ड गरेँ भने मिस हुन्छ भनेर पहिलो सटमै प्रहार गरेँ। गोल भयो। धेरै टाढाबाट आएर पनि लिग जित्न सकेँ। लिगमा सर्वाधिक गोलकर्ता बने धेरै खुसी छु।’

लिगका अन्य गोलकर्ता 

ओलादिपो ओलावाले अफिज (धनगढी) – ४ 

पोड्रो मान्जी (विराटनगर) – ४ 

अन्जत विष्ट (ललितपुर) – ३ 

स्टेफेन विनोङ (काठमाडौं) – ३ 

नवयुग श्रेष्ठ (पोखरा) – २ 

एडिलेजा सोमिडे (विराटनगर) – २ 

सन्तोष तामाङ (विराटनगर) – २ 

लक्ष्मण रुचाल (बुटबल) – २

प्रकाशित: May 15, 2021| 15:05 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।