बिहीबार, असार २५, २०८३

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु

शनिबार सम्पन्न नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जित्दा कप्तानका हिसाबले गोलकिपर विकेश कुथुले पहिलो पटक लिग जिते। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- शनिबार सम्पन्न नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जित्दा कप्तानका हिसाबले गोलकिपर विकेश कुथुले पहिलो पटक लिग जिते। 

उनले यसअघि केही उपाधि जिते पनि कप्तानका रुपमा पहिलोपटक लिग जितेका हुन्। 

उनले फाइनलमा धनगढीलाई शून्यका विरुद्ध एक गोलले हराएपछि भने, ‘पहिलो गोलपछि हामी गोल नखाने रणनीति थियो।

हामीले त्यही भनेका छौं।’ उनले थपे, ‘यो पहिलो जित हो कप्तान भएर जितेको।’ उनले आजको ‘बेस्ट पार्ट’ फरवार्ड रहेको बताएका छन् र त्यो सफल भएको बताए। 

उनले भने, ‘डिफेन्समा पनि राम्रो थियो, गोल खाँदै नखाने भन्ने थियो। त्यसले पाइदा गर्‍यो।’ उनले फरवार्डको तारिफ गरे, ‘फरवार्डका दुवै खेलाडी क्यामरुनका भएकाले उनीहरुको कम्बिनेसन राम्रो थियो। उनीहरुले लिग जिताउन धेरै मेहनत गरेका छन्।’ आजको खेलमा काठमाडौंले अवसर धेरै पाए पनि एकमात्र गोल गर्न सकेको उनले बताए।

प्रकाशित: May 15, 2021| 14:26 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।