बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डेढ महिनामा २ उपाधि जितेका बालगोपाल भन्छन्- डेडिकेसनले सम्भव भयो 

डेढ महिनामा २ उपाधि जितेका बालगोपाल भन्छन्- डेडिकेसनले सम्भव भयो 

काठमाडौं रेजर्स फुटबल क्लबका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमदेखि फ्रेन्चाइजसम्मको लिगमा उपाधि जित्न पाउँदा निकै खुसी रहेको बताएका छन्। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- काठमाडौं रेजर्स फुटबल क्लबका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमदेखि फ्रेन्चाइजसम्मको लिगमा उपाधि जित्न पाउँदा निकै खुसी रहेको बताएका छन्। 

उनले डेढ महिनाअघि मात्र सम्पन्न नेपाल कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय कपमा पनि उपाधि जितेका थिए। आज सम्पन्न नेपाल सुपर लिगमा पनि उपाधि जितेका छन्। 

उनले भने, ‘यो सबै डेडिकेसनले गर्दा भएको हो। हामी जितका लागि डेडिकेटेड थियौँ। अभ्यासदेखि सबै कुरामा ध्यान पुर्‍याउँदा जित्यौँ।’ 

पहिलो खेलबाट काठमाडौंले राम्रो गर्दै आएको थियो। लिगको उद्घाटन खेलमा ललितपुरलाई हराउँदा काठमाडौंले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको थिएन। तर त्यसपछिका खेलमा उसको प्रदर्शन उच्चस्तरको रह्यो। 

‘खेलाडीलाई दिनदिनै अभ्यास गराएँ र उनीहरुलाई फिडब्याक दिएर तयार गराएँ। मोटिभेट गरेँ, पहिलोे खेलपछिका दुई खेलमा डाउन भए पनि पछि राम्रो हुँदै गयो,’ उनले भने। 

महर्जनले मेसुके ओलामेउ र स्टेफेन विनोनको साझेदारीको तारिफ गरेका छन्। उनीहरुले आफ्नो योजनाअनुसार खेलेको बताएका छन्। उनले भने, ‘मैले बेस्ट फरेन प्लेयर पाएँ। उनीहरु आफूबीचको कम्बिनेशन पनि निकै राम्रो थियो।’ 

उनले सबै खेलाडी, अफिसियललाई धन्यवाद दिएका छन्। उनले एनएसएलको आयोजकको तारिफ गरेका छन्।

प्रकाशित: May 15, 2021| 14:13 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।