बिहीबार, असार २५, २०८३

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

धनगढी फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- धनगढी फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। 

वैशाख ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंथशालामा सुरु भएको लिगको शनिबार सम्पन्न फाइनल खेल जित निकाल्दै काठमाडौंले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो। 

उपविजेता बनेको धनगढीले १५ लाख पुरस्कार प्राप्त गरेको छ। फाइनलमा काठमाडौंको जितका लागि विदेशी खेलाडी मेसुके ओलुमेउले २२ औं मिनेटमा गोल गरे। 

मैदानको सेन्टर सर्कलमा फार विशाल राईले पाएको सहज पासलाई नियन्त्रणमा राख्न नसक्दा काठमाडौंका विश्वास श्रेष्ठले बललाई सहजै जितेका थिए। विश्वासले धनगढीका डिफन्डरलाई छल्दै बललाई मेसुकेको खुट्टामा पुर्‍याइदिएका थिए। 

उनले पेनाल्टी बक्स साइडको सेमीसर्कल भित्रबाट प्रहार गरेको बल गोलकिपर किरण कुमार लिम्बूलाई बायाँतर्फ छोडेर पोस्टभित्र छिरेको थियो। 

यसरी मेसुकेले जारी लिगमा व्यक्तिगत आठौँ गोल पुरा गरेका थिए। यता धनगढीका सर्वाधिक गोलकर्ता ओलावाले अफिज भने खेलको सुरुबाटै चोटबाट गुज्रिरहेका थिए। 

उनले पाएको बललाई केही पटक नियन्त्रणमा राख्न सकेका थिएनन्। पहिलो हाफको इन्ज्युरी समयमा काठमाडौंले पुनः एक अवसर गुमाएपछि अग्रतालाई दोब्बर बनाउन सकेन र पहिलो हाफका एक गोलले अघि रह्यो। 

तर दोस्रो हाफमा धनगढी निकै आक्रामक शैलीसँगै फर्किएको थियो। खेलको ५४ औं मिनेटमा अशोख खवासको क्रसले सिधा पोस्टको दिशा लिए पनि काठमाडौंका किपर विकेश कुथूले सेभ गरे। 

खेलको ६५ औं मिनेटमा राम्रा मुभ बनाएको काठमाडौंका स्टेफेन विनोङले पोस्ट नजिकबाट प्रहार गरेका थिए। बललाई अघिबाटै जज गरेका गोलकिपर लिम्बूको पञ्जाबाट मैदान बाहिरिएको थियो। 

त्यसपछि पनि काठमाडौंको प्रहार धनगढीले लगातार क्लियर गरिरह्यो। अट्याकिङमा पछि पर्न नचाहेको धनगढीका प्रहार पनि लगातार क्लियर भइरहे। खेलमा १० मिनेट बाँकी रहँदा मैदान छिरेका धनगढीका टंक बुढाथोकीले गरेको ८२ औं मिनेटको हेडर एसिस्ट पनि काठमाडौंका डिफेन्डर विश्वासले क्लियर गरिदिए। 

८७ औं मिनेटमा धनगढीका पुजन नगरकोटीको बलल पोस्टनजिकैबाट बाहिरियो भने ८९ औं मिनेटमा विनोङको गोल पनि पोस्टनजिकैबाट बाहिरिएको थियो। 

खेलको इन्ज्युरी समयमा सेन्ट्रल सर्ककलबाट फ्री किक प्रहार गर्न आएका गोलकिपर किरण त्यसपछिको अर्को फ्री किकमा काठमाडौंको पेनाल्टी बक्समा पुगेर टिमलाई सहयोग गरेका थिए। तर धनगढीले गोल गर्न सकेन्। र, काठमाडौंले पहिलो सुपर लिग जित्यो। 

जारी लिगका पछिल्लो दुई खेलमा धनगडीले काठमाडौंलाई हराए पनि फाइनलमा हराउन सकेन। काठमाडौंले लिग चरणको खेलमा धनगढीसँग ३–० गोलको हार बेहोरेको थियो भने प्ले अफमा २–१ गोलको हार बेहोरेको थियो। 

यो लिगमा मेसुकेले आठ गोल गरेका छन् भने ओलावालेले चार गोल गरेका छन्। त्यस्तै विराटनगरका पेड्रो मन्जीले पनि समान चार गोल गरेका छन् भने स्टेफेन विनोङ र अन्जन विष्टले समान ३–३ गोल गरेका छन्। 

यस्तो छ पहिलो संस्करणको नेपाल सुपर लिगमा काठमाडौंको नतिजा 

काठमाडौं र ललितपुर (१–०) 

धनगढी र काठमाडौं (३–०) 

काठमाडौं र पोखरा (०–०) 

बुटबल लुम्बनी र काठमाडौं रेजर्स (०–१) 

काठमाडौं र विराटनगर (५–४) 

चितवन र काठमाडौं (१–२) 

काठमाडौं र धनगढी (२–१) 

काठमाडौं र ललितपुर (३–०) 

धनगढी र काठमाडौं (०–१)

प्रकाशित: May 15, 2021| 13:55 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।