बिहीबार, माघ ८, २०८२

फुटबल चासो : को बन्ला पहिलो एनएसएल विजेता ?

धनगढी एफसी बलियो देखिए पनि काठमाडौंको उकालो लागेको ग्राफ हेर्दा कुनै पनि क्लबले उसलाई दबाउन मुस्किल पर्ने देखिन्छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

धनगढी एफसी बलियो देखिए पनि काठमाडौंको उकालो लागेको ग्राफ हेर्दा कुनै पनि क्लबले उसलाई दबाउन मुस्किल पर्ने देखिन्छ।

National life

काठमाडौं - काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा सबैभन्दा महत्त्वपूर्ण फाइनल खेल बाँकी छ। आज साँझ साढे ५ बजेबाट सुरु हुने फाइनलमा प्रतिस्पर्धा गर्दैछन् धनगढी एफसी र काठमाडौं रेजर्स फुटबल क्लब।

दुवै क्लबले लिगका बाँकी खेलमा धमाकेदार प्रदर्शन गर्दै प्ले अफबाट जित निकालेर फाइनल प्रवेश गरेका हुन्। यस्तोमा सुदूरपश्चिमको धनगढीले आफूलाई काठमाडौंविरुद्ध बलियो प्रमाणित गर्दै आइरहेको छ।

काठमाडौं रेजर्सलाई शून्यका विरुद्ध तीन गोलले हराउँदा होस् वा चितवनलाई त्यही अन्तरले हराउँदा धनगढीको लय कहिल्यै धर्मराएको छैन। भलै उसले लिग चरणमा विराटनगर र बुटवलसँग हार बेहोर्‍यो। त्यहाँ ऊ चुकेको भन्दा धेरै नयाँ प्रयोग गरेको देखिन्छ। 

Laxmi sunrise bank
kumari

पहिलो खेलमा प्रशिक्षक फुजो तोपेको परीक्षण र अन्तिम खेलमा प्लेअफको तयारीले उसको खेललाई केही प्रभावित बनाएको अवश्य थियो। बाँकी खेलमा उसले हारेको छैन। त्यसमाथि काठमाडौंविरुद्ध त धनगढीले दुवैपटक जित निकाल्यो। त्यसमाथि काउन्टर अट्याकमा खरो मानिएका ओलावाले अफिज धनगढीसँग छन्। 

तीव्र गतिका रनर अफिजले जारी लिगमा चार गोल गरिसके पनि पछिल्ला तीन खेलमा गोल गरेका छैनन्। त्यसैले फाइनलमा गोल गर्दै धनगढीलाई जित दिलाउन निर्णायक भूमिका खेल्ने जिम्मेवारी उनीसँग छ।

जारी लिगमा धनगढीले ७ खेलमा चार जित निकाल्यो र एक बराबरी खेल्यो यसरी हेर्दा उसको सक्सेस रेट ५७ प्रतिशत छ। उसले पहिलो खेलमा हार बेहोरे पनि त्यसपछि ३–०, ३–०, १–० र २–१ गोलको जित निकाल्यो त्यसबीच एक बराबरी र एक हार बेहोरेको थियो।

यसरी धनगढी बलियो देखिए पनि काठमाडौंको उकालो लागेको ग्राफबाट कुनै क्लबले पनि उसलाई दबाउन मुस्किल पर्ने देखिन्छ। काठमाडौंका फरवार्ड मेसुके ओलुमाउ लिगका सर्वाधिक गोलकर्ता पनि हुन्।

उनी उच्च फर्ममा छन्। उनी रहँदा काठमाडौंलाई खेलको अन्तिम मिनेटसम्म पनि आशा रहने छ। उनी काठमाडौंका गेमचेन्जर पनि हुन्।

विराटनगरसँगको खेलमा २–० गोलले पछि परेको अवस्था उल्ट्याएर ५–४ गोलअन्तरले खेल जित्दा मेसुकेले ह्याट्रिक गरेका थिए। उनले एक मिनेटभित्र दुई गोल फर्काएका थिए।

यो तथ्यले काठमाडौं जुनसुकै अवस्थामा पनि खेल उल्ट्याउन सक्ने टिमको रुपमा स्थापित गरेको छ।

बल पोसेसनमा ध्यान दिएर खेल्ने काठमाडौंका लागि आज धनगढीसँग पछिल्लो खेलमा बेहोरेको हारको बदला लिने अवसर पनि छ। त्यसैले काठमाडौंका कप्तान विकेश कुथूले धनगढीविरुद्धको पछिल्ला दुई खेलमा बेहोरेको हारबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन्। 

त्यस्तै प्रशिक्षक बालगोपाल महर्जनले लिगको ट्रफीलाई काठमाडौंमा नै राख्ने दाबी गरेका छन्।

यता धनगढीका कप्तान किरणकुमार लिम्बूले पछिल्लो खेलमा पाएको सफलताबाट नहौसिकन फाइनललाई फाइनलकै हिसाबले खेल्ने बताएका छन्।

आजको खेलमा दुवै टिमका गोलकिपर कप्तान र अनुभवी खेलाडी भएकाले उनीहरूमाथि समर्थकको नजर रहने छ। साथै धनगढीका फरवार्ड ओलादिपो ओलावाले अफिज र काठमाडौंका मेसुके ओलुमेउ पनि खेलको केन्द्रमा रहने छन्।

धनगढीको मिडफिल्डमा विशाल राई र काठमाडौंको मिडफिल्डमा संजोक राईको भूमिकाले पनि खेलमा निकै प्रभाव जमाउने छ। उनीहरूले बंगलादेशविरुद्ध गोल गर्दै नेपाललाई त्रिदेशीय फुटबल कपको उपाधि पनि दिलाएका थिए।

प्रकाशित: May 15, 2021| 02:31 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।