बिहीबार, माघ ८, २०८२

एनएसएल उपाधि विजेता : धनगढी कि काठमाडौं ?

पहिलो संस्करणको नेपाल सुपर लिगको आज फाइनल खेल हुँदै छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं - पहिलो संस्करणको नेपाल सुपर लिगको आज फाइनल खेल हुँदै छ। उपाधिका लागि अपरान्ह साढे ५ बजे दशरथ रंगशालामा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लब भिड्ने भएका हुन्। 

National life

लिग र प्ले अफको खेलमा धनगढीले काठमाडौंलाई हराइसकेको छ। लिग चरणमा काठमाडौंले ३–० गोलको हार बेहोरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले २–१ गोलको जित निकालेको थियो। 

फाइनलमा धनगढीले काठमाडौंसँग तेस्रोपटक प्रतिस्पर्धा गर्नेछ। र, यो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने धनगढीका प्रशिक्षक फुजा तोपे बताउँछन्। यसअघि दुवै पटक हराए पनि काठमाडौंलाई बलियो प्रतिद्वन्द्वी मानेर मैदान उत्रने उनको भनाइ छ। 

शुक्रबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरेको थियो। प्रतियोगिता वैशाख ११ गतेदेखि सुरु भएको थियो।

प्रकाशित: May 15, 2021| 01:59 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।