शुक्रबार, कात्तिक २८, २०८२

‘मितज्यू’ युटुबमा रिलिज

अभिनेता दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यू अब दर्शकले युटुबमा हेर्न पाउने भएका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- अभिनेता दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मितज्यू अब दर्शकले युटुबमा हेर्न पाउने भएका छन्।

National life

मण्डला थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई यसरी डिजिटल माध्यमबाट देखाउन लागेको हो। नाटक अहिले मण्डलाको आधिकारिक युट्युव च्यानलमार्फत् युटुबमा प्रिमियर भइरहेको छ।

‘मितज्यू’ दुईजना वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथा हो। नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्तर्गत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ। मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तीनका उतारचढाव र दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको निर्देशक दयाहाङले बताएका छन्।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिका रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको यो नाटकलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरिएको हो।

नाटकमा बुद्धि तामाङ, बिजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 14, 2021| 11:46 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्