बिहीबार, असार २५, २०८३

नेपाल सुपर लिगको ट्रफी सार्वजनिक 

पहिलो संस्करणको नेपाल सुपर लिगको ट्रफी सार्वजनिक भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- पहिलो संस्करणको नेपाल सुपर लिगको ट्रफी सार्वजनिक भएको छ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो। वैशाख ११ गते त्रिपुरेश्वरको दशरथ रंगशालामा सुरु भएको खेलमा अब फाइनल खेल मात्र बाँकी छ।

जेठ १ गते हुने फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबको सामना गर्नेछ। लिग र प्ले अफको खेलमा धनगढीले काठमाडौंलाई हराईसकेको छ। लिग चरणमा काठमाडौंले ३–० गोलको हार बेहोरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले २–१ गोलको जित निकालेको थियो। 

फाइनलमा धनगढीले काठमाडौंसँग तेस्रोपटक प्रतिस्पर्धा गर्नेछ। र, यो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने धनढीका प्रशिक्षक फुजा तोपे बताउँछन्। 

सयअघि दुवै पटक हराए पनि काठमामाडौंलाई बलियो प्रतिद्वन्दी मानेर मैदान उत्रने धनगढीको लक्ष्य रहेको तोपेले बताए। त्यस्तै, कप्तान किरण कुमार लिम्बुले फाइनल खेललाई फाइनल जसरी नै खेल्ने बताएका छन्। 

लिगमा सबैभन्दा ठूलो खेल फाइनल भएकाले उत्कृष्ट प्रदर्शन गर्ने उनको ध्येय छ। यता काठमाडौंका प्रशिक्षकले आफ्नो टिम प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन्। 

मार्की एवम् कप्तान विकेश कुथूले फाइनल खेल र जितले खेलाडीको जीवनमा धेरै महत्व राख्ने बताएका छन्। साथै यो प्रतियोगिता पहिलो संस्करण भएकाले विगतको हारलाई पाठ बनाउँदै अघि बढ्ने उनले बताएका छन्। फाइनल खेल शनिबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: May 14, 2021| 11:28 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।