बिहीबार, असार २५, २०८३

टी-२० विश्वकपमा २० राष्ट्र सहभागी गराउने आईसीसीको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० क्रिकेट विश्वकपमा २० देशलाई सहभागी गराउने योजना अघि बढाएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आईसीसी टी–२० क्रिकेट विश्वकपमा २० देशलाई सहभागी गराउने योजना अघि बढाएको छ।

आईसीसीले क्रिकेटमा विश्वव्यापी ध्यानाकर्षण गराउनका लागि देशको संख्या बढाउने भएको हो।

यही २०२१ मा इन्डियामा हुने प्रतियोगिता लागि आईसीसीले १६ टिम खेलाउने तयारी गरिरहेको छ। अब आईसीसीले २०२४ को विश्वव्यापी प्रतियोगितामा भने सहभागी टिमको संख्या बढाउने छ। अहिलेसम्मको आईसीसीको नियमअनुसार २०२४ को विश्वकप समूह चरणको खेलमा पाँच टिमको चार समूह हुनेछ।

आईसीसीले क्रिकेटको ट्वान्टी–२० फर्म्याटले नै विश्वभरि क्रिकेटको विकास गर्नेमा विश्वास गरेको छ। त्यसैले उसले यही शैलीको खेल क्रिकेटलाई दिने भएकाले टी–२० को विश्व प्रतिस्पर्धामा संख्या थप गर्न लागेको हो।

यसले पुरुषको प्रतिस्पर्धा मात्र नभएर महिलातर्फको विश्वकपमा पनि सहभागी देशको संख्या बढाउन लागेको हो। त्यस्तै उसले एक दिवसीय खेलको विश्वकपमा पनि सहभागी देशको संख्या १० देखि १४ मा पुर्‍याउने बताएको छ।

आईसीसीको यस्तो निर्णयले एसोसिएट राष्ट्रहरूलाई निकै फाइदा पुर्‍याउने छ। क्रिकेट ग्रोइङ नेसन्सले पनि विश्वकपको सपना देख्न पाउने छन्।

नेपालले २०१४ मा बंगलादेशमा भएको विश्वकपमा खेल्ने अवसर पाएको थियो।
 

प्रकाशित: May 14, 2021| 06:54 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।