बिहीबार, माघ ८, २०८२

सिटीका सर्वाधिक गोलकर्ता अग्युरो बार्सिलोनासँग नजिक

इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीको सर्वाधिक गोलकर्ता सर्जियो अग्युरो यो सिजन सकिएसँगै क्लब छोड्ने तयारीमा छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीको सर्वाधिक गोलकर्ता सर्जियो अग्युरो यो सिजन सकिएसँगै क्लब छोड्ने तयारीमा छन्।

National life

चालु सम्झौता सकिएपछि नयाँ सम्झौता गर्न क्लब र खेलाडी दुवै अनिच्छुक भएपछि उनी आउँदो समरमा सिटीबाट बाहिरिन लागेका हुन्।

३२ वर्षे अग्युराले सिटीका लागि ३८८ खेलबाट २५८ गोल गरेका छन्। उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी पनि हुन्।

तर, अहिले अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडी अग्युरो अब स्पेनिस क्लब बार्सिलोना जाने तयारीमा रहेको स्पेनिस खेल पत्रकार गुलियम बलेग बताउँछन्।

यता आर्थिक अभावका कारण बार्सिलोना खर्च कटौती गर्न चाहन्छ तर अग्युरालाई विना पैसा अनुबन्ध गर्न पाउने भएपछि क्याटलान क्लब अग्युरोप्रति आकर्षित भएको हो।

Laxmi sunrise bank
kumari

‘यसको सबै प्रक्रिया पूरा भइसकेको छैन। यद्यपि खेलाडी, क्लबलगायत धेरै मानिस यो चाहन्छन,’ बलेगले भने, ‘क्लब र अग्युरोबीच कुराकानी भइरहेको छ।’

अग्युरो स्पेनिस कप्तान मेस्सीका नजिकका साथी हुन्। तर, बार्सिलानाका प्रशिक्षक रोनाल्ड कोम्यान भेट्रान खेलाडीलाई हटाएर युवा खेलाडीलाई प्रोत्साहन गर्ने पक्षमा छन्।

यसैकारण उनले पछिल्लो विन्डोमा बार्सिलोनाका ३० कटेका उत्कृष्ट खेलाडीलाई पनि बाहिरको क्लब पठाएका थिए। उनले नै कप्तान मेस्सीलाई चेतावनी दिँदै अब बार्सिलोनामा खेलाडीको दबदबा नचल्ने चेनावनी दिएका थिए।

कोम्यानसँग रुष्ट मेस्सी गत सिजन आफैं म्यानचेस्टर सिटी जाने तरखरमा थिए। तर, बार्सिलोनाले क्लबबाट बिदा नदिएपछि उनी स्पेनिस सहरमै बस्न बाध्य भएका थिए।

त्यसैले बार्सिलोनामा मेस्सीको भविष्यबारे अन्योलता रहेकै समयमा मेस्सीका साथी अग्युरो बार्सिलोनामा अनुबन्धको प्रकृया अघि बढेको हो।

‘सायद बार्सिलोना आउन अग्युरोलाई मेस्सीको अनुरोध थिएन। र, मेस्सीलाई क्लबमै राख्ने अध्यक्षको प्रयास हो भन्न चाहिँ मिल्छ,’ बलेगले भने, ‘तर, बोरुसिया डर्टमन्डका इलिङ हाल्यान्डलाई अनुबन्ध गर्न पाएको अवस्थामा बार्सिलोनाले अग्युरो अनुबन्ध गर्ने निर्णय उल्ट्याउन पनि सक्ने छ।’

बिहीबार प्रशिक्षक कोम्यानले क्लबका अध्यक्ष जोवन लापोर्तासँग साढे दुई घण्टा कुराकानी गरेका थिए। तर, आउँदो सिजनमा कोम्यान बार्सिलोनामै रहने हुन् वा होइनन भन्ने पनि निश्चित छैन।

तर, पछिल्लो प्रतिकूल अवस्थामा पनि टिम समायोजन गर्न सकेकोमा लापोर्ता कोम्यानबाट खुसी भने छन्।

प्रकाशित: May 14, 2021| 04:51 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।