बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फर्मिनोको चम्किएको प्रदर्शनमा युनाइटेडविरुद्ध लिभरपुलको जित

फर्मिनोको चम्किएको प्रदर्शनमा युनाइटेडविरुद्ध लिभरपुलको जित

डिफेन्डिङ च्याम्पियन लिभरपुलले युनाइटेडविरुद्ध ४–२ गोलअन्तरको जित निकालेको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - समर्थकको आन्दोलनका कारण एक हप्ता पछि सरेको म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल बिहीबार राति सम्पन्न भएको छ।

युनाइटेडको घरेलु रंगशाला ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले युनाइटेडविरुद्ध ४–२ गोलअन्तरको जित निकालेको छ।

लिभरपुललाई जित दिलाउने क्रममा ब्रजिलियन फरवार्ड रोबर्टो फर्मिनोले पहिलो हाफ र दोस्रो हाफमा १–१ गोल गरे। त्यस्तै, डियागो जोटा र मोहम्मद सलाहले पनि समान १–१ गरे।

खेलको १० मिनेटमै घरेलु टिमका ब्रुनो फर्नान्डेसले गोल गर्दा पछि परेको लिभरपुलले ३४ मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो। ३४ औं मिनेटमा डियागो जोटाले गोल गरेसँगै लिभरपुलले खेल बराबरी गर्‍याे।

त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा फर्मिनोले गोल गरेपछि पाहुना टिमले अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुमा पनि फर्मिनोले नै गोल गरे। उनले ४७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ गोलको अग्रता दिलाए।

यता युनाइटेडका मार्कस रासफोर्डले ६८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन चाहे पनि सकेनन्। अन्तिम मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए।

यो जितसँगै ६० अंक बनाएको लिभरपुल पाँचौ स्थानमा छ। ७० अंक रहेको युनाइटेड हारका बाबजुद दोस्रो स्थानमा छ।

शीर्षस्थानको सिटीले तीन खेल अगावै प्रिमियर लिगको उपाधि जितिसकेको छ।

प्रकाशित: May 14, 2021| 01:49 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।