बिहीबार, असार २५, २०८३

एट्लेटिकोलाई दबाब बढाउँदै रियल मड्रिड

एट्लेटिको मड्रिड, बार्सिलोना र रियलले आफ्नो ३६औं चरणको खेलमा जित निकाल्दै उपाधि होडलाई कायम राखेका हुन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा उपाधिको दौड चुलिँदै छ।

पछिल्लो चरणमा बराबरी खेलका एट्लेटिको मड्रिड, बार्सिलोना र रियलले आफ्नो ३६औं चरणको खेलमा जित निकाल्दै उपाधि होडलाई कायम राखेका हुन्।

त्यसै सिलसिलामा बिहीबार राति ग्रानाडाको मैदानमा सम्पन्न खेलमा रियल मड्रिडले १–४ गोलअन्तरको जित निकाल्यो। रियलका जितका लागि लुका मोड्रिच, रोड्रिगो, अल्वेरो ओड्रिजोला र करिम बेञ्जेमाले १–१ गोल गरे।

जहाँ घरेलु टिमका जर्ज मोलिनाले एक गोल फर्काए। खेलको ६५ प्रतिशत समय बलमा पकड बनाएको रियलले यो जितसँगै शीर्षस्थानको एट्लेटिकोसँग अंकदूरी घटाएको छ।

एट्लेटिकोको ८० अंक हुँदा रियलको ७८ अंक छ। एट्लेटिकोले बुधबार रातिको खेलमा रियल सोसिडाडलाई २–१ गोलले हराउँदै शीर्षस्थानमा अंकदूरी बढाएको थियो।

तर, रियलले अंकदूरी घटाएपछि उसलाई उपाधि जित्न दबाब बढेको छ। साथै बाँकी खेलमा जित्नै पर्ने दबाब एट्लेटिकोलाई थपिएको छ।

त्यस्तै, तेस्रो स्थानको बार्सिलाेनाको ७६ अंक छ। चौथो स्थानको सेभिया भने उपाधि होडबाट बाहिरिसकेको छ। 

प्रकाशित: May 14, 2021| 01:27 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।