मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चिनियाँ खेलाडीको लुगामा माओ त्से तुङको 'ब्याज' देखेपछि आईओसीले सोध्यो- किन लगाएको?

चिनियाँ खेलाडीको लुगामा माओ त्से तुङको 'ब्याज' देखेपछि आईओसीले सोध्यो- किन लगाएको?

दुवै खेलाडीले एकै ठाउँमा माओको ब्याज लगाएका थिए। ओलम्पिकक चार्टरमा नियम ५० तोड्दै उनीहरुले ब्याज लगाएका हुन्। यता केही समय अघि आईओसीले सो नियममा परिमार्जन गर्दै खेलाडीलाई घुँडा टेक्न दिनेलगायतका कुरामा लचकता अपनाउने बताएको थियो।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले मंगलबार चिनियाँ टिमलाई माओ त्से तुङको 'ब्याज' लुगामा लगाएको सन्दर्भमा प्रश्न गरेको छ। चीनका दुई पदक विजेता साइक्लिस्टले पोडियममा रहँदा देशका नेता मोओ त्से तुङको शीरको फोटो अंकित ब्याज लगाएका थिए।

National life

स्वर्ण विजेता खेलाडी बाओ सान्जु र झोङ टिअन्सीले सोमबारको मेडल उत्सवमा ओलम्पिकको नियम तोड्दै सो ब्याज लगाएका थिए। ‘हामीले चिनियाँ ओलम्पिक कमिटीसँग सम्पर्क गरेर त्यो अवस्थाको बारेमा जानकारी दिन अनुरोध गरेका छौं,’ आईओसीका प्रवक्ता मार्क आदमले भने, ‘हामी सो विषयमा विचार गरिरहेका छौं।’

दुवै खेलाडीले एकै ठाउँमा माओको ब्याज लगाएका थिए। ओलम्पिकक चार्टरमा नियम ५० तोड्दै उनीहरुले ब्याज लगाएका हुन्। यता केही समय अघि आईओसीले सो नियममा परिमार्जन गर्दै खेलाडीलाई घुँडा टेक्न दिनेलगायतका कुरामा लचकता अपनाउने बताएको थियो।

यता आईओसीले केही समय अघि अमेरिकी सटपुट खेलाडीले पोडियममा गरेको हर्कतका विषयमा पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 03, 2021| 18:54 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।