काठमाडौं – इटालियन सिरी ए को लिग तालिकामा तीन स्थान पछि परेको एसी मिलानले बुधबार रातिको खेलमा सानदार जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।
पहुँना टिम मिलानले घरेलु टिम टुरिनोलाई ७–० गोलअन्तरले हराएको हो। मिलानलाई सानदार जित दिलाउन एन्टे रेविचले ह्याट्रिक गरे।
त्यस्तै थियो हर्नान्डेजले दुई गोल गर्दा फ्राङ्क केइसी र ब्राहिम डियाजले समान १/१ गोल गरे।
रेबिचले दोस्रा हाफको ६७, ७२ र ७९औं मिनेटमा बललाई नेट चुमाउँदै ह्याट्रियक पुरा गरेका थिए। दोस्रो हाफमो पहिलो गोल भने ब्राहिम डियाजले ५०औं मिनेटमा गरेका थिए भने हर्नान्डेले व्यत्तिगत दोस्रो गोल ६२औं मिनेटमा गरे।
तर, त्यसअघि, खेलको पहिलो हाफमै मिलान २–० अघि थियो। जहाँ हर्नान्डेज र केइसीले गोल गरे।
यो जितसहित एस मिलानले दोस्रो स्थानको एटलान्टासँग समान ७५ अंक बनाएको छ। समान ३६ खेल खेलको नापोलीको ७३ अंक छ।
८८ अंक भएको इन्टर मिलानले सिरी एकको उपाधि जितिसकेको छ। इन्टर मिलानले पनि बुधबार रातिको खेलमा रोमालाई ३–१ गोलले हराएको थियो।