बिहीबार, माघ ८, २०८२

संघर्षपूर्ण जित निकाल्दै ललितपुर दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक बनेपछि ललितपुर सिटी एफसीले बुटबल लुम्बिनीविरुद्ध संघर्षपूर्ण जित निकाल्यो।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक बनेपछि ललितपुर सिटी एफसीले बुटबल लुम्बिनीविरुद्ध संघर्षपूर्ण जित निकाल्यो।

National life

ललितपुरको जितमा मार्की एवम् कप्तान अन्जन विष्टले गोल गरेका थिए। तर फरवार्डदेखि डिफेन्ससम्म उत्कृष्ट रहेको बुटबलले पनि उत्कृष्ट आक्रमण गर्न भने छोडेन।

साँझ साढे ५ बजे सुरु भएको खेलेमा ४० औं मिनेटमा विलियम ओपेकुले फितलो सुट प्रहार गरेपछि किपर अर्पण कार्कीले बललाई बचाएका थिए। रिबाउन्ड बललाई प्रहार गर्ने क्रममा फरवार्ड आषिश लामा लड्न पुग्दा बलले पोस्टबाहिरको दिशा लिएको थियो।

गोलकिपर कार्की जमिनमा लडिसकेको अवस्थामा लामाले बललाई सही दिशामा प्रहार गर्न नसक्दा बुटबलले अग्रता बनाउने अवसर गुमायो।

त्यस्तै, बाँकी केही अवसर पनि बुटबलले गुमाएको थियो। बल पोसेसनमा उस्तै देखिएको ललितपुरले भने ६१ औं मिनेटको मुभलाई गोलमा बदल्न सक्यो। नुर्लान नेबरुजोवले गति दिएको बल उनको क्रसमा गौरब बुढाथोकीले पाए।

Laxmi sunrise bank
kumari

बुढाथोकीले मिक्छेन तामाङलाई दिएको बललाई मिक्छेनले क्रस गरेका थिए। बुटबलको पेचिलो डिफेन्सबीच कप्तान विष्टले डाइभ हेडर गर्दै बललाई गोल लाइनभित्र छिराए। त्यो गोल बनाएको अग्रताबाटै ललितपुर अर्को चरणमा पुगेको हो।
खेल अवधिभर ललितपुरले १८ र बुटबल लुम्बिनीले २३ प्रहार गरेका थिए। जहाँ बुटबलले ११ प्रहार पोस्टको दिशामा गरे कुनै बलले गोललाइन काट्न सकेनन्।

त्यसैले, आजको खेलको जित निकाल्दै ललितपुर दोस्रो क्वालिफयारमा पुगेको छ। भने बुटबल लुम्बिनी एफसी प्रतियोगिताबाट बाहिरिएको छ।

अब ललितपुरले भोलिको खेलमा काठमाडौं रेजर्स फुटबल क्लबसँगै खेल्नेछ। लिगको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले प्रतिस्पर्धा गरेका थिए। जहाँ काठमाडौंले १-० गोलको जित निकालेको थियो।

एनएसएल आयोजकले प्ले अफको तालिकामा इलिमिनेटर र दोस्रो क्वालिफायरको खेलमा ब्रेक राखेको छैन।

त्यसैले आज खेलेको ललितपुरले भोलि पनि खेल्नुपर्ने भएको छ। जुन फिफाको नियमविपरित पनि हो। खेलडीले कम्तीमा पनि ४८ घण्टाको रेस्ट पाउनु पर्नेमा अब ललितपुरका खेलाडीले २४ घण्टामै खेल्न लागेको हो।

जेठ २ गतेबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुने भएकाले १ गते नै प्रतियोगिता सक्न ब्रेक नराखिएको अयोजकले बताएको छ।

प्रकाशित: May 12, 2021| 13:58 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।