बिहीबार, माघ ८, २०८२

भान डाइकले युरोकप नखेल्ने 

नेदरल्यान्डका डिफेन्डर भर्जिल भान डाइकले युरो कप २०२० मा सहभागी नहुने बताएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– नेदरल्यान्डका डिफेन्डर भर्जिल भान डाइकले युरो कप २०२० मा सहभागी नहुने बताएका छन्। गएको अक्टोबरमा लिगामेन्टको चोटका कारण मैदानबाट टाढा रहेका डिफेन्डरले आउँदो समरमा हुने प्रतियोगिता नखेल्ने बताएका हुन्। 

National life

२९ वर्षे भान डाइक शल्कक्रियापछि अहिले चोटमुक्त हुने प्रकृयामा छन्। ‘शारीरिक रुपमा हेर्दा यो नै सहि निर्णय हो कि म युरोमा सहभागी बन्न सक्दिनँ। प्रतियोगिताको समयमा म रिहाबको अन्तिम अवस्थामा हुनेछु,’ नेदरल्यान्डका कप्तानसमेत रहेका भान डाइकले भनेका छन्। उनका लागि यो कठिन निर्णय भए पनि शान्तिपूर्वक नखेली बस्नुपर्ने अवस्था आइपरेको बताएका छन्। अब युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।

२०२० मा नै हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको महाकारीका कारण एक वर्ष पछि धकेलिएको थियो। ५१ खेल समेटिएको प्रतियोगिता युरोपका विभिन्न ११ सहरमा आयाजना हुनेछ। उनले रिहाबको समय निकै हुने भन्दै अहिले आफ्नो चोट राम्रो गतिमा सुधार भइरकेको पनि बताएका थिए। जसले उनी अब युरोकपमा खेल्न पाउनेछन् भन्ने आशा नेदरल्यान्डका जनतालाई भएको थियो।

तर उनले लिभरपुलसँग कुरा गर्दै युरोमा खेल्न नसक्ने बताए। ‘युरोमा सहभागी नबन्नु सहि हुनेछ। यो प्रतियोगिता गुमाउनु मेरो लागि निकै कठिन हो। तर यो कुरालाई स्विकार गर्नै पर्छ,’ उनले भनेका छन्।
 

प्रकाशित: May 12, 2021| 12:20 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।