बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनएसएल : भाग्यले साथ दिएर प्लेअफ पुगेका बुटवल र ललितपुर भिड्दै

एनएसएल : भाग्यले साथ दिएर प्लेअफ पुगेका बुटवल र ललितपुर भिड्दै

सुरुआति लगातार चार खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटी फुटबल क्लबले प्लेअफमा पुग्ने आशा गुमाइसकेको थियो।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– सुरुआति लगातार चार खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटी फुटबल क्लबले प्लेअफमा पुग्ने आशा गुमाइसकेको थियो।

National life

प्रशिक्षक प्रदीप हुमागाईंले पनि खेलाडी, व्यवस्थापकदेखि प्रशिक्षकसम्ममा निराशा सुरु भएको बताएका थिए। तर, पाँचौं र छैटौं चरणमा पुनगरागमन गरेको ललितपुर सिटी ९ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा रहेर प्लेअफमा पुग्यो।

यता विराटनगर सिटीको दुई खेलअगावै ७ अंक थियो। यसकारण सबैले विराटनगरलाई प्ले अफको दावेदारका रुपमा हेरेका थिए। तर उसले दुवै खेलमा हार बेहोरेपछि सबैभन्दा धेरै फाइदा बुटवललाई भयो।

उसले ८ अंक बनाउँदै समान ८ अंक भएको पोखरालाई हेड टु हेडमा पछि पार्दै प्ले अफमा स्थान बनायो। त्यसका लागि उसले अन्तिम खेलमा धनगढीलाई हराउनैपर्ने थियो र हरायो।

यसरी नाटकीय ढंगले बुटवल र ललितपुर सिटी अन्तिमका दुई खेलको परिवर्तनका कारण प्लेअफमा उक्लिएका थिए। उनीहरुलाई आज एउटा अर्को अवसर छ– प्लेअफमा पुग्ने।

Laxmi sunrise bank
kumari

दशरथ रंगशालामा आज साँझ साढे पाँच बजेबाट सुरु हुने खेलमा यी दुई टिमले प्रतिस्पर्धा गर्दैछन्। आजको खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। आज हुने खेल चाहिँ इलिमिनेटर हो। यो ललितपुर र बुटवलमध्ये हार बेहोर्ने टिम इलिमिनेट हुनेछ भने जित्ने टिमले लिग चरणको शीर्षस्थानमा रहेको काठमाडौंसँग दोस्रो क्वालिफायरमा खेल्नेछ।

प्लेअफको पहिलो खेलमा धनगढीसँग हार बेहोरेपछि काठमाडौंले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा खेल्नुपर्ने भएको हो। क्वालिफायको विजेताले फाइनल खेल्ने अवसर पाउनेछ।

बुधबार हुने खेलको केन्द्रमा रहनेछन् फरवार्ड अभिषेक रिजाल र अञ्जन विष्ट। उनीहरु दुवै खेलाडी राष्ट्रिय टिमका पहिलो रोजाइका फारवार्ड हुन्। आजको खेलमा उनीहरु आफ्नो टिमलाई जित दिलाउने लक्ष्यमा केन्द्रित रहनेछन्।

अञ्जनले लिग चरणमा दुई गोल गरेका छन्। तर दुई खेलमात्र खेलेका अभिषेकले गोल गर्न सकेका छैनन्। पहिलो फ्रेन्चाइजका लागि अक्सन भइरहँदा आइलिग खेलिरहेका रिजालले बुटवलका खेलाडी घाइते भएपछि रिप्लेसमेन्ट खेलाडीका रुपमा खेल्न पाएका हुन्।

प्रकाशित: May 12, 2021| 10:24 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।