बिहीबार, माघ ८, २०८२

रोनाल्डोसँग खेल्ने नेयमारको इच्छा

ब्राजिलियन फुटबल स्टार नेयमारले  जुनियरको एक अनौठो बानी छ। उनी आफ्नो धारणा परिवर्तन गरिरहन्छन्। उनले पछिल्लो समय पनि एक अन्तर्वार्ताका क्रममा यस्तौ एक धारणा सार्वजनिक गरे।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– ब्राजिलियन फुटबल स्टार नेयमारले  जुनियरको एक अनौठो बानी छ। उनी आफ्नो धारणा परिवर्तन गरिरहन्छन्। उनले पछिल्लो समय पनि एक अन्तर्वार्ताका क्रममा यस्तौ एक धारणा सार्वजनिक गरे।

National life

पेरिस सेन्ट जर्मेन (पीएसजी) मा उत्कृष्ट समय बिताइरहेका स्टार लियोनेल मेस्सीजस्ता खेलाडीसँग खेलिसकेका छन् नेयमारले। अब उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्न चाहेको बताएका छन्। इटालियन क्लब युभेन्टसमा खेलिरहेका रोनाल्डोको क्लबको भविष्य अनिश्चित छ।

यदि क्लब अर्को सिजनको च्याम्पियन्स लिगमा क्वालिफाइ हुन नसकेमा रोनाल्डो क्लब छोड्ने पक्षमा हुनेछन्। त्यसैले नेयमार उनीसँग खेल्ने चाहना रहेको बताउँछन्। ‘म क्रिस्टियानोसँग खेल्न चाहन्छु,’ नेयमारले भने, ‘मैले विश्वका राम्रा र ठूला खेलाडी मेस्सी, लुइस सुआरेज, एम्बाप्पेसँग खेलिसकेको छु तर रोनाल्डोसँग खेल्न पाएको छैन।’ 

तर उनको त्यो एकमात्र लक्ष्य भने होइन। आउँदो विश्वकपमा ब्राजिललाई विश्वकप जिताउने पनि उनको लक्ष्य छ। ‘म विश्वकप जित्न चाहन्छु,’ नेयमारले भने, ‘यो मेरो अहिलेसम्मको सबैभन्दा ठूलो सपना हो। तर म पीएसजीबाट पनि सबैथोक जित्न चाहन्छु।’
 

प्रकाशित: May 12, 2021| 09:34 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।