बिहीबार, असार २५, २०८३

लामो अनुभवसँगै युभेन्टस छाड्दै बुफन

युभेन्टसका भेट्रान गोलकिपर गियानलुइगी बुफनले आउँदो सिजनअघि नै युभेन्टस छोड्ने बताएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काडमाडौं - युभेन्टसका भेट्रान गोलकिपर गियानलुइगी बुफनले आउँदो सिजनअघि नै युभेन्टस छोड्ने बताएका छन्। ‘म यो सिजन सकिएसँगै आफ्नो युभेन्टस छोड्दैछु। सम्झौता लामो नबनाउने निर्णयमा पुगेको छु,’ बुफनले भनेका छन्।

४३ वर्षे बुफन २०१९ को जुलाईमा फ्रेन्च क्लब पीएसजीबाट टुरिन फर्किएका थिए। उनले फ्रेन्च राजाधानी पेरिसबाट एक सिजन खेले। तर उनको सम्झौता जुनमा मात्र सकिँदै छ। यद्यपि आउँदो सिजनबाट ओल्ड लेडीमा नबस्ने बताउँछन्।

उनले पछिल्लो सात सिरी एल खेलमा तीन क्लब सिट राखेका छन्। त्यस्तै उनले टिमलाई कोपा इटालिया फाइनलमा पुग्ने सहयोग गरेका थिए। अब मे १९ मा हुने त्यो खेल सायद युभेन्टसमा उनको अन्तिम खेल हुनेछ।

तर अहिले युभेन्टस च्याम्पियन्स लिगका लागि संघर्ष गरिरहेको छ। ऊ पाँचौ स्थानमा छ।

‘हामीले क्रमशः उस्तै प्रदर्शन गर्न सकेनौँ,’ बुफनले भने, ‘र, अन्तिममा हामीले शीर्षस्थानमा रहेका टिमहरूसँग खेल्नु पर्‍याे। त्यहाँको जितले पनि हामीलाई माथि जाने धेरै सहयोग पुग्न सकेन। कहीँ बराबरी भयो कहीँ हार पनि भयो।’

‘हामीले साना टिमसँग हार बेहोरे पनि जितको भोक रहेको टिम हो युभेन्टस। यसमा चम्किने क्षमता अझै छ,’ उनले भनेका छन्, ‘टिममा रोनाल्डो छन्। उनी सबैका प्रेरणा हुन् र निकै राम्रा खेलाडी पनि उनले युभेन्टसका लागि धेरै गोल गरेका छन्।’

तर टिमको प्रदर्शनले रोनाल्डोलाई सहयोग नपुगेको बुफनको तर्क छ। बुफन इटालीले फिफा २००६ को विश्वकप जित्दा सोही टिममा थिए। उनले जीवनमा ११ सयभन्दा धेरै खेलमा गोलपोस्ट सम्हालिसकेका छन्।

सर्वाधिक खेल्ने खेलाडीको सूचीमा बुफन पनि पर्दछन्। उनले इटालीको सबै उमेर समूहका  टिमबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन्। र, उनले १९९७ मा इटालीको सिनियर टिममा डेब्यू गरेका थिए। जहाँबाट १७६ खेल खेले।

क्बल करिअरमा उनले पार्मा, युभेन्टस र पीएसजीमा बिताए। ६ वर्ष पार्मामा बिताएका उनी २००१ मा विश्व कीर्तिमानी मूल्यमा युभेन्टस पुगेका थिए।

२०१८-१९ को सिजन पीएसजीबाट खेल्नुबाहेक बाँकी सबै सिजन उनले युभेन्टसबाट खेले। त्यसका दौरन उनी सिरी ए मा सबैभन्दा लामो समय क्लिन सिट राख्ने खेलाडीमा पर्छन्। उनले १२ खेलमा लगातार क्लब सिट राखेका थिए।

‘मेरो भविष्य क्लियर छ। यो सुन्दर र लामो अनुभवसँगै म या वर्षबाट युभेन्टस छोड्दैछु,’ उनी भन्छन्, ‘अब अघि म सायद खेल्न बन्द गर्छु। यदि मलाई खेल्न प्रेरणा मिल्ने ठाउँ रहेछ भने खेल्छु पनि कि ! तर अबको जीवन फरक प्रकारको हुनेछ।’

उनले युभेन्टसबाट खुसीका साथै धेरै सिकेको र पाएको बताएका छन्।

प्रकाशित: May 12, 2021| 05:05 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।