बिहीबार, असार २५, २०८३

सिटीले चार वर्षमा तेस्रोपटक जित्यो प्रिमियर लिगको उपाधि

पछिल्ला चार वर्षमा म्यानचेस्टर सिटीले तेस्रो पटक प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं – पछिल्ला चार वर्षमा म्यान्चेस्टर सिटीले तेस्रो पटक प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ।

पछिल्लो खेलमा सिटीले चेल्सीसँग हार बेहोरेपछि उसले करिब एक हप्तापछि मात्र उपाधि जितेको हो। र, युनाइटेडको मैदानमा ईपीएलको उपाधि निश्चित भएको यो छैटौं पटक हो।

मंगलबार रातिको खेलमा दोस्रो स्थानमा रहेको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेपछि सिटीले लिगको उपाधि जितेको हो।

अहिले म्यानचेस्टर सिटी ८० अंकका साथ शीर्षस्थानमा छ भने युनाइटेड ७० अंकका साथ दोस्रो स्थानमा छ। तीन खेल बाँकी रहेको युनाइटेडले अब अधिकतम ९ अंक मात्र जोड्न सक्ने भएकाले गएरातिको हारसँगै सिटीले लिग उपाधि जितेको हो।

यससँगै सिटीले पछिल्ला ९ वर्षमा पाँच पटक उपाधि जितेको छ भने समग्रमा सातौं पटक जितेको हो। ‘यो वर्ष निकै रमाइलो सिजन भयो। हामी एक्लो दाबेदारजस्तै भयौँ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘म यो टिमको प्रशिक्षकको रुपमा निकै खुसी छु। यो सिजन निकै असामान्य रह्यो।’

उनले कोभिड–१९ को महामारीले उत्पन्न गरेको अवरोधलाई सम्झँदै यो वर्ष धेरै चुनौतीपूर्ण रहे पनि आफ्नो टिमले लगातार उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

उनले खेलाडीलाई सम्बोधन गर्दै भने, ‘हरेक दिन खेलाडी एकै लक्ष्यमा केन्द्रित थिए। उपाधिका लागि भिडिरहेका थिए। आजभन्दा भोलि राम्रो हुन्छ भन्ने आशामा थिए।’

उनले आफू स्पेन र जर्मनीमा पनि खेलाइसकेको अनुभवका आधारमा ईपीएल त्यसभन्दा पनि उत्कृष्ट लिग भएको बताउँछन्। उनले २०१६ यता म्याचेस्टर सिटीबाट अहिले आठ घरेलु उपाधि जितिसकेका छन्।

यो सिजनमा सिटीको दोस्रो उपाधि हो। दुई हप्ताअघि उसले टोटेनहमलाई हराउँदै ईएफएल काराबाओ कपको उपाधि जितेको थियो।

प्रकाशित: May 12, 2021| 02:37 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।