बिहीबार, असार २५, २०८३

बार्सिलोनाले गुमायो शीर्षस्थानमा जाने मौका

पछिल्लो दुई खेलमा बराबरी खेल्दै चार अंक गुमाएपछि बार्सिलोनाले शीर्षस्थानमा जाने मौका फेरि एकपटक गुमाएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं - पछिल्लो दुई खेलमा बराबरी खेल्दै चार अंक गुमाएपछि बार्सिलोनाले शीर्षस्थानमा जाने मौका फेरि एकपटक गुमाएको छ।

मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेसँगै शीर्षस्थानमा जाने मौका गुमाएको हो।

त्यसअघि उनले शीर्षस्थानको एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी गरेको थियो।

मंगलबार रातिको खेलमा उसले दुई पटकको अग्रता जोगाउन नसकेपछि बराबरी बेहोरेको हो। खेलको २५ औं मिनेटमै कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।

त्यस्तै, ३४ औं मिनेटमा ओउसमान डेम्बेलेको पासमा पेड्री गोन्जालेजले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। यसले पहिलो हाफमा बार्सिलोनालाई २–० गोलको अग्रतामा कायम राख्यो।

तर, लेभान्टेको मैदानमा खेलको दोस्रो हाफमा घरेलु टिमले ५७ र ५९ औं मिनेटमा गोल गरेर उत्कृष्ट कमब्याक गर्दै खेललाई बराबरी बनायो। त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए।

तर, घरेलु टिमले ८३ औं मिनेटमा बार्सिलोनाको त्यो अग्रतालाई पनि भेट्टायो। यससँगै यो सिजनमा बार्सिलानोको उपाधि आशा कम हुँदै गएको छ।

अहिले बार्सिलोना ७६ अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल हातमा रहेको एट्लेटिको ७७ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै, एक खेल कम खेलेको रियल मड्रिडको पनि ७५ अंक छ।

बार्सिलोनाले अब अधिकतम ६ अंक जोड्न सक्छ भने रियल र एट्लेटिकोले अधिकतम ९ अंक जोड्न सक्छन्।

लेभान्टे भने ४० अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित: May 12, 2021| 02:21 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।