बिहीबार, असार २५, २०८३

म्यानचेस्टर युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगअन्तर्गत मंगलबार रातिको खेलमा लेस्टर सिटीसँग पराजित भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगअन्तर्गत मंगलबार रातिको खेलमा लेस्टर सिटीसँग पराजित भएको छ। युनाइटेडकै मैदानमा सम्पन्न खेलमा युनाइटेडले २–१ गोलको हार बेहोरेको हो। 

लेस्टरका लागि एल थोमस र स्यान्चु काग्लरले समान १–१ गोल गरे भने युनाइटेडमा मेसन ग्रिनवुडले एक गोल फर्काए।

खेलको नवौं मिनेटमा टेलेमन्सको पासबाट गोल गर्दै थोमसले पाहुना टिम लेस्टरलाई अग्रता दिलाएका थिए। तर, ग्रिनवुडले १४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइहाले।

यससँगै पहिलो हाफमा दुवै टिमले बराबरी खेले तर ६६ औं मिनेटमा अलब्राइटोनले दिएको पासलाई स्यान्चुले हेडमार्फत् गोलमा बदलेपछि पाहुना टिमले अग्रता बनायो र २–१ गोलअन्तरका साथ खेल जित्यो।

यो जितसँगै तेस्रो स्थानको लेस्टरले दोस्रो स्थानको युनाइटेडसँग चार अंकको दूरी कायम गरेको छ। युनाइटेडको ७० अंक छ भने लेस्टरको ६६ अंक छ।

यता तीन खेल बाँकी रहेको लिगमा सिटीको भने ८० अंक छ।

प्रकाशित: May 12, 2021| 02:11 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।