बिहीबार, माघ ८, २०८२

एनएसएलको नाटकीय प्लेअफ : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

७० औं मिनेटपछिको खेल र त्यसअघिको खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा फरकफरक लयमा खेले।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– ७० औं मिनेटपछिको खेल र त्यसअघिको खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा फरकफरक लयमा खेले।

National life

खेलको दोस्रो इनिङ प्रतियोगिताको क्वालिफायरकै रुपमा खेलाडीले खेले। तुलना गर्दा ७० मिनेटअघि केही खल्लो र त्यसपछिको खेल चाखलाग्दो देखियो।

दशरथ रंगशालामा मंगलबार साढे पाँचबाट सुरु भएको खेलमा सबैभन्दा महत्वपूर्ण समय चाहिँ ७० औं मिनेटबाट अघिको १० मिनेट रह्यो। लाग्न सक्छ पहिलो हाफ र दोस्रो हाफको  सुरुआति २५ मिनेट त्यसै व्यतित भयो। खेल ७० औं मिनेटमा सुरु भयो।

आजको त्यो खेलमा धनगढीले २–१ गोलको संघर्षपूर्ण जित निकाल्यो। खेलको ७५ औं मिनेट चलिरहँदा लिग चरणमा शीर्षस्थानमा रहेको प्ले अफ छिरेको काठमाडौंका तेज तामाङले गोल गरे। विदेशी खेलाडी मेसुके ओलुमेउले पोस्टको बायाँबाट प्रहार गरेको क्रसलाई तामाङले पोस्टभित्र छिराएका थिए।

उसो त त्यतिबेला उनी डिफेन्डर निशान खड्काको मार्कमा थिए। तर, खड्काले तामाङको हेडरलाई बचाउन नसकेपछि गोकिपर किरण चेम्जोङलाई बायाँतिर छोड्दै बलले नेट चुम्यो।

Laxmi sunrise bank
kumari

सायद मैदामा ओरपर समर्थक उपस्थित हुन्थे भने उनीरुले त्यसपछिको पाँच मिनेट बस्न पाउने थिएनन होला। एक खेलले पछि परेको अवस्थामा धनगढी निकै आक्रामक बन्यो। आक्रमणकै दौरान ७६ औं र ७७ औं मिनेटमा धनगढीले कर्नर पायो। कर्नर प्रहार गरे डिफेन्डर खड्काले र काठमाडौंका किरपर विकेश कुथुले बाहिर धकेलिदिए।

लामो गति लिन नसक्दै पोस्टअर्फ फर्किएको बललाई धनगढीका पुजन उपरकोटीले उत्कृष्ट गोल गर्दै ७८ औं मिनेटमा खेललाई बराबरी बनाए। किपर कुथूलाई बलले पछि छोडिसकेको अवस्थामा सो बललाई पोस्टभित्र छिर्न कसैले रोक्न सकेन।

त्यसपछि पनि दुवै तर्फबाट आक्रमण बुन्ने प्रयासहरु भइरहे। निर्धारित ९० मिनेटमा धनगढीले आठ र काठमाडौंले १२ प्रहारका प्रयास गर्यो। जसमा क्रमशः चार र तीन प्रहार पोस्टको गति पनि लिए। गो भएकाबाहेर प्रहार भने निश्तेज रहे। नकआउटको शैलीमा खेलाइएको प्ले अफको निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि नतिजाका लागि थप ३० मिनेट लम्ब्याउनु पर्यो।

आजको दुवै टिम गोलकिपरको कप्तानीमा थियो। काठमाडौंको कप्तान लिम्बू र काठमाडौंको कप्तानीमा थिए कुथू। त्यसैले यदी खेल पेनाल्टी सुटआउटमा गए राष्ट्रिय टोलीको पहिलो रोजाइ र दोस्रो रोजाईका गोलकिपरबीच घमसान टक्कर हुनेवाला थियो। तर त्यसलाई गोलस्कोरर विशालले हुन दिएनन्।

अतिरिक्त समयको १०८ औं मिनेटमा विसाल गोल गरे। त्यसो त काठमाडौंका छिरिङ गुरुङले दोस्रो मिनेटमै आक्रामक सुरुआत गराएपछि खेलले राम्रो गति लिएको थियो। यद्यपि थपिएको आधा समयमा गोल भएन।

दोस्रो हाफमा रमेश दंगालको हेडरलाई अतिरिक्त समयमा मैदान छिरेका विशालले कुथूको बायाँतर्फबाट बललाई गोललाइन भित्र छिराए। डिफेन्डर दंगाल पनि धनगढीको सर्वाधिक गोलकर्ता ओलावाले अफिजको ठाउँमा अतिरिक्त समयमै मैदान छिरेका थिए। सुरुमा एक गोलले पछि परेको अवस्थामा बराबरी गरेको धनगढीले अतिरिक्त समयमा जित निकाल्यो। लिग चरणको खेलमा धनगढीले काठमाडौंलाई ३–० गोलले हराएको थियो।

यो जितसँगै  धनगढी प्रतियोगिताको फाइनलमा पुगेको छ। भने फाइनल पुग्न काठमाडौंले दोस्रो प्ले अफ खेल्ने अवसर पाउनेछ। दोस्रो प्ले अफको खेल बुटबल लुम्बिनी र ललितपुर सिटीको विजेताविरुद्ध बिहीबार हुनेछ। त्यस्तै, फाइनल खेल आउँदो शनिबार हुनेछ।

फरवार्ड अफिजलगायत केही खेलाडी चोटग्रस्त बनेको धनगढीले फाइनल तयारीका लागि तीन दिनको समय पाएको छ। यता एक काठमाडौंलाई अर्को खेलका लागि एक दिन मात्र ग्याप रहनेछ।
 

प्रकाशित: May 11, 2021| 14:33 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।