बिहीबार, असार २५, २०८३

‘आइ मिस यु आमा’ भन्दै रोए क्रिस गेल

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल आमालाई सम्झेर भावुक बनेका छन्। ‘ह्याप्पी मदर्स डे' भन्दै आमालाई सम्झिएर क्रिकेटर रोएका हुन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल आमालाई सम्झेर भावुक बनेका छन्। ‘ह्याप्पी मदर्स डे' भन्दै आमालाई सम्झिएर क्रिकेटर रोएका हुन्। गेलले  सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सेयर गर्दै आमालाई सम्झेका छन्।

‘म तपाईंलाई प्रेम गर्छु, सधै तपाईंको मुस्कान देख्छु। तपाईंलाई मप्रति गर्व होला, तपाईंलाई धेरै सम्झिरहेको छु। आइ मिस यु! तपाईंका याद सधैं मसँग रहने छन्,’ गेलले भनेका छन्। उनले अगाडि भनेका छन्, ‘जानुभन्दा पहिले मलाई धेरै कुरा भन्न चाहनुहुन्थ्यो। तपाईंले एक छाकका लागि थुप्रै संघर्ष गर्नुभयो। हामी कुरा गर्दै गरौंला, फेरि भेटौंला आमा।’

गेलकी आमाको हृदयघातका कारण सन् २०१८ मा मृत्यु भएको थियो। क्रिस गेल पछिल्लो समय इन्डियन प्रिमियर लिग (आईपीएल) को चौधौं संस्करणमा देखिएका थिए। उनी पञ्जाब किंग्सबाट खेलिरहेका थिए। कोरोना महामारीका कारण आईपीएल अहिले स्थगित छ।

प्रकाशित: May 11, 2021| 09:18 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।