काठमाडौं– वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल आमालाई सम्झेर भावुक बनेका छन्। ‘ह्याप्पी मदर्स डे' भन्दै आमालाई सम्झिएर क्रिकेटर रोएका हुन्। गेलले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सेयर गर्दै आमालाई सम्झेका छन्।
‘म तपाईंलाई प्रेम गर्छु, सधै तपाईंको मुस्कान देख्छु। तपाईंलाई मप्रति गर्व होला, तपाईंलाई धेरै सम्झिरहेको छु। आइ मिस यु! तपाईंका याद सधैं मसँग रहने छन्,’ गेलले भनेका छन्। उनले अगाडि भनेका छन्, ‘जानुभन्दा पहिले मलाई धेरै कुरा भन्न चाहनुहुन्थ्यो। तपाईंले एक छाकका लागि थुप्रै संघर्ष गर्नुभयो। हामी कुरा गर्दै गरौंला, फेरि भेटौंला आमा।’
गेलकी आमाको हृदयघातका कारण सन् २०१८ मा मृत्यु भएको थियो। क्रिस गेल पछिल्लो समय इन्डियन प्रिमियर लिग (आईपीएल) को चौधौं संस्करणमा देखिएका थिए। उनी पञ्जाब किंग्सबाट खेलिरहेका थिए। कोरोना महामारीका कारण आईपीएल अहिले स्थगित छ।