बिहीबार, फागुन २८, २०८२

चीनको जनसंख्या वृद्धि दशककै कम

चीनमा बितेको एक दशकमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। त्यहाँ सोमबार जनगणनाको तथ्यांक सार्वजनिक गरिएको छ, जसमा पछिल्लो दशकको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून देखिएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– चीनमा बितेको एक दशकमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। त्यहाँ सोमबार जनगणनाको तथ्यांक सार्वजनिक गरिएको छ, जसमा पछिल्लो दशकको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून देखिएको छ।

National life

सरकारी तथ्यांकअनुसार पछिल्लोे १० वर्षको औषत  जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको थियोे। सन् २००० देखि २०१० को बीचमा भने ०.५७ प्रतिशत वृद्धि थियो।

पछिल्लो जनगणनाअनुसार चीनको जनसंख्या १ अर्ब ४३ करोड पुगेको छ। यो संख्या विश्वको कुल जनसंख्याको १८.४७ प्रतिशत हो। चिनियाँ अधिकारीहरुले जनसंख्याको न्यून वृद्धिदर निकै चिन्ताजनक रहेको जनाएका छन्। जनसंख्या बढाउन चीन सरकारले दुई बच्चा जन्माउन आग्रह गर्नुपर्र्ने उनले बताएका छन्।

चीनमा हरेक १० वर्षमा जनगणना हुन्छ। सन् २०२० को अन्तिममा चीन सरकारले जनगणना गरेको थियो। त्यहाँ ७० लाख सरकारी कर्मचारीले घर–घर गई जनगणा गरेका थिए।

अधिकारीहरुले जनसंख्या घट्नुमा चीनको ‘एक बच्चा नीति’ प्रमुख कारण भएको बताएका छन्। चीनले बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि सन् १९७९ मा सो नीति लागू गरेको थियो। उक्त नीति कार्यान्वयनमा आएपछि उल्लंघन गर्नेहरुलाई जरिवाना गरिएको थियो भने कतिपयले रोजगारीसमेत गुमाउनु परेको थियोे। कतिपय अवस्थामा एकभन्दा बढी बच्चा भए गर्भपतनसम्म गराउनुपर्ने बाध्यता थियोे।

Laxmi sunrise bank
kumari

जनसंख्या घट्दै गएपछि चीन सरकारले सन् २०१६ मा उक्त नीति हटाएको थियो। सन् २०१७ मा सार्वजनिक भएको एक रिपोर्टअनुसार २०१६–०१७ मा त्यहाँ १३ लाख बच्चा जन्मिएका थिए। ‘एक परिवार एक बच्चा’ नीति कार्यान्वयन गराउँदा धेरैको स्थायी बन्ध्याकरण र गर्भपतन गराउनु परेको थियो।
 

प्रकाशित: May 11, 2021| 08:57 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।