बिहीबार, असार २५, २०८३

‘ए’ डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित 

आउँदो जेठमा आयोजित ‘ए’ डिभिजन फुटसल लिग स्थगित भएको छ। कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– आउँदो जेठमा आयोजित ‘ए’ डिभिजन फुटसल लिग स्थगित भएको छ। कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। 

एन्फाले आज सूचना जारी गर्दै भनेको छ, ‘यही जेठ १ गतेबाट हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ हाल देशमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको छ।’ एन्फाले ए डिभिजन लिगका लागि सातै प्रदेशमा छनोट खेलहरु सम्पन्न गराएको थियो।

तर प्रदेश २ मा कुनै टिमले दर्ता नगरेपछि भने त्यहाँ छनोट खेल भएको थिएन। त्यसको ठाउँमा एन्फा आफैंले सहभागी टिम निर्धारण गरेको थियो। प्रतियोगितामा प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनीलगायत टिम सहभागी हुने तय भएको थियो। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमको भने संयुक्त छनोट लुम्बिनीमा गरिएको थियो। लिगमा सबैभन्दा धेरै बाग्मती प्रदेशका चार टिम सहभागी छन्।
 

प्रकाशित: May 11, 2021| 08:37 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।