बिहीबार, असार २५, २०८३

पुनः सुरु हुने आईपीएल इंग्ल्यान्डका खेलाडीले नखेल्ने

जहिले र जहाँ सुरुआत गरिए पनि इंग्ल्यान्डका खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा सहभागी नबन्ने बताएका छन्। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– जहिले र जहाँ सुरुआत गरिए पनि इंग्ल्यान्डका खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा सहभागी नबन्ने बताएका छन्। 

इंग्ल्यान्डमा सेन्ट्रल कन्ट्याक्ट गरेका खेलाडीहरुले बाँकी सिजनको आईपीएल नखेल्ने बताएका हुन्। यता इंग्ल्यान्डको क्रिकेट व्यवस्थापक पनि न्युजिल्यान्डविरुद्धको खेलमा दर्जन भन्दा धेरै खेलाडी अनुपस्थित भए पनि ऊ खुसी रहेको बताएको छ। उसले खेलाडीलाई आईपीएल खेल्नका लागि छोडिदिने बताएको छ। 

त्यस्तै, इंग्ल्यान्डको क्रिकेटका डाइरेक्टर एस गिल्सले उसको न्युजिल्यान्डसँगको भ्रमण र आईपीएललाई फरक तरिकाले हेर्नुपर्ने बताएका छन्। इन्डियन प्रिमियर लिग खेल्ने टिमका तीन खेलाडीलाई कोभिडको संक्रमण देखिएपछि बीसीसीआईले आईपीएल स्थगित गरेको थियो। 

यसबीच अब सेप्टेम्बर अथवा नोभेम्बरमा सिजनको बाँकी खेल गर्ने तयारीमा आईपीएल आयोजक लागेको छ। तर दुवै समयमा इंग्ल्यान्डका खेलाडीहरु व्यस्त रहनेछन्। उनीहरुले आउँदो आईपीएलमा खेल्ने सम्भावना कम छ।

‘हामी इंग्ल्यान्डका खेलाडीलाई सहभागी गराउन चाहन्छौं। हामीसँग एफटीपी तालिका छ। इंग्यान्डका खेलाडी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तान र बंगलादेश टुरमा रहनेछन्,’ गिल्सले भने, ‘त्यो खेलमा खेलाडी इंग्ल्यान्डको टिममा रहनेछन्। तर न्युजिल्यान्डको केस फरक छ।’ 

आईपीएल अब कहिले हुने भन्नेबारे नै टुंगो नरहेको गिल्सको गुनासो छ। त्यसैले उनले आफूले यसबारे निर्णय गर्न नसक्ने उनी बताउँछन्। त्यस्तै, इंग्ल्यान्डको टिम विश्वकप र एसेजको प्रतियोगिताको लागि व्यस्त रहने उनी बताउँछन्
 

प्रकाशित: May 11, 2021| 08:25 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।