बिहीबार, माघ ८, २०८२

एनएसएल : फाइनलमा पुग्ने लडाइँमा काठमाडौं र धनगढी

नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको ब्रेकपछि आजबाट प्ले अफका खेल सुरु हुँदैछन्। प्ले अफमा पुगेका टिम हुन् काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

कठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको ब्रेकपछि आजबाट प्ले अफका खेल सुरु हुँदैछन्। प्ले अफमा पुगेका टिम हुन् काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी।

National life

यि चार क्लबमध्ये आज शीर्षस्थानको काठमाडौंसँग दोस्रो स्थानको धनगढीले प्रतिस्पर्धा गर्दैछ। यो खेल दुवै टिमका लागि फाइनलमा पुग्ने सजिलो र सुनौलो अवसर पनि हो।

बल पोससनमा बलियो देखिएको काठमाडौं र काउन्टर अट्याकमा गोल गरिरहेको धनगढीबीच आजको खेल कस्तो देखिएला? पहिलो संस्करणको पहिलो प्ले अफमा यो प्रश्न सबैको मनमा जागेको छ।

त्यसैले काठमाडौं र धनगढीका कप्तान आ–आफ्नो टिमले जित निकाल्ने दावी गर्छन्। काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले ए डिभिजन लिगभन्दा एनएसएल व्यवसायिक भएका कारण खेलाडी उत्सहित भएको बताएका छन्।

‘खेलाडी उत्साहित छन्। त्यसैले यो खेल हामी जित्छौं भन्ने लागेको छ। खेल पनि राम्रो हुँदै गएको छ,’ उनले भने। काठमाडौंले पहिलो पाँच खेलबाट १३ अंक बनाएको थियो।

Laxmi sunrise bank
kumari

उसले लिग चरणमा एकमात्र हार बेहोरेको थियो। र, उसलाई जित्ने टिम धनगढी नै थियो। आज काठमाडौंलाई त्यो खेलको बलदा लिने अवसर पनि छ। त्यसैले काठमाडौंका कप्तान विकेश कुथु थप सचेत छन्।

आजको खेलमा प्ले अफमा बराबरीले मात्र नपुग्ने हुँदा दुवै टिमलाई जित निकाल्नै पर्ने छ। र, गोलपोस्ट र कप्तानको जिम्मेवारी लिन तयार रहेको बताउँछन्।

यता राष्ट्रिय टिमकासमेत कप्तान रहेका किरण चेम्जोङ धनगढीका पनि कप्तान हुन। उनी पनि प्ले अफका लागि तयार भएको बताउँछन्। काठमाडौंविरुद्धको पहिलो भिडन्तजस्तै आजको पनि भिडन्त हुने र जित्ने उनी बताउँछन्।

तर उनलाई थाहा छ आजको खेल कठिन छ। किनभने काठमाडौंले कुनै खेलमा औंषत प्रदर्श गरेको छैन। उत्कष्ट प्रदर्शन गरिरहेको छ। लिगको सुरुआतमा भन्दा पछिल्लो समय निकै बलियो देखिएको छ।

उसको फरवार्डदेखि मिडफिल्ड र डिफेन्स पनि राम्रो छ। त्यस्तै, काठमाडौंका कप्तान र धनगढीका कप्तान राष्ट्रिय टिमका गोलकिपर हुन्। त्यसैले उनीहरुबीच पनि आज को उत्कृष्ट भन्ने प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताका दौरान दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी बलको समेत रक्षा गरेका थिए।

गोलकिपर बाहेक आजको खेलमा धनगढीका फरवार्ड ओलावाले अफिज र काठमाडौंका मेसुके ओलुमोउ केन्द्रमा रहनेछन्। मेसुके त प्रतियोगितामा ह्याट्रिक गर्ने एकमात्र खेलाडी हुन्। उनले अर्को बलियो टिम विराटनगरविरुद्ध ह्याट्रिक गरेका थिए।

आजको खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ। पराजित हुने टिमले फाइनलमा पुग्नका लागि अर्को खेलमा जित निकाल्नु पर्नेछ।

प्रकाशित: May 11, 2021| 04:01 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।