बिहीबार, माघ ८, २०८२

इंग्ल्यान्डमा १० हजार समर्थक मैदानमा उपस्थित हुन पाउने

इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो मे १७ बाट १० हजार समर्थक खेल हेर्नका लागि सरकारका तर्फबाट अनुमति प्रदान गरेका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो मे १७ बाट १० हजार समर्थक खेल हेर्नका लागि सरकारका तर्फबाट अनुमति प्रदान गरेका छन्। पछिल्लो सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बन्द गरिएको समर्थकको उपस्थितिलाई मे बाट नै पुनः सुरु गर्नेमा इंग्ल्यान्ड सरकार समहत भएको हो।

National life

यससँगै इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गतका अन्तिम दुई चरणका खेलमा समर्थकले मैदान प्रवेश गर्न पाउने छन्। तर, रंगशालामा घेरेलु समर्थकलाई मात्र अनुमति प्रदान गरिने भएको छ। 

अब प्रिमियर लिगको अन्तिम दुई चरणका खेल १८ र १९ मे देखि २३ मे सम्म हुँदैछ। लिगमा त्यो समयमा सबै टिमले एक एक होम म्याच खेल्ने छन्। ‘समर्थक राख्न सक्ने क्षमताको आधारमा यो नम्बर तोकिएको हो,’ प्रधानमन्त्री जोन्सनले भनेका छन्।

त्यस्तै प्रिमियर लिगको मुख्य कार्यकारी रिकार्ड मास्टर्सले समर्थकलाई मैदान फर्कनुले आफूलाई निकै उत्साहित बनाएको बताएका छन्। उनले भने, ‘हामीले पछिल्लो सिजनबाट समर्थकलाई मिस गरिरहेका छौं। समर्थकविहीन लिग पहिलेको प्रिमियर लिगजस्तो पनि छैन। समर्थक मैदान फर्कने कुराले उत्साहित छौं।’

यो समयबीच गएको डिसेम्बरमा २० हजारसम्म समर्थकलाई मैदानमा उपस्थितिको लागि अनुमति दिइएको थियो। तर, इंग्ल्यान्डमा पुनः लकडाउन भएपछि सो संख्या पनि कटौती भएको थियो।

Laxmi sunrise bank
kumari

पछिल्लो हप्ता सम्पन्न स्कुकर खेलको एक फाइनलमा ९८० समर्थक जम्मा भएका थिए। दोस्रो लकडाउनपछि समर्थकलाई मैदान फर्काउने टिम यही नै भएको थियो।

इंग्ल्यान्ड सरकारले दिएको अनुमतिअनुसार आउटडोर ठूला रंगशालाका कुल क्षमताको २५ प्रतिशत वा १० हजार कुन थोरै हुन्छ सो संख्यामा समर्थक मैदान प्रवेश गर्न पाउने छन्। त्यस्तै साना रंगशालाहरूमा चाहिँ कुल क्षमताको ५० प्रतिशत अथवा चार हजारमा कुन थोरै हुन्छ त्यो संख्यामा समर्थक राख्न पाउने छ।

त्यस्तै इनडोर स्पोटर्स‍्मा भने क्षमताको ५० प्रतिशत वा एक हजार जनामा कुन थोरै हुन्छ सोही नियमअनुसार तोकिएको संख्यामा समर्थकले खेल हेर्न पाउने छन्।

इंग्ल्यान्डका रंगशालामा समर्थकका उपस्थिति सुरु गरिए पनि स्पेन, फ्रान्स, इटाली, जर्मनीलगायतको देशमा भने समर्थकको उपस्थितिबारे निर्णय भएको छैन।

नेपालमा पनि दोस्रो चरणको महामारी सुरु भएपछि सरकारले रंथशालामा दर्शकलाई बन्द गरिदिएको छ।

प्रकाशित: May 11, 2021| 02:43 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।