बिहीबार, असार २५, २०८३

कुशल र जमानलाई पछि पार्दै बाबर अजाम बने प्लेयर अफ दि मन्थ

नेपालका कुशल भुर्तेल र पाकिस्तानका फखर जमानलाई पछि पार्दै पाकिस्तान कै खेलाडी बाबर अजाम अप्रिल महिनाका बेस्ट प्लेयर अफ दि मन्थ बनेका छन्। 
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- नेपालका कुशल भुर्तेल र पाकिस्तानका फखर जमानलाई पछि पार्दै पाकिस्तान कै खेलाडी बाबर अजाम अप्रिल महिनाका बेस्ट प्लेयर अफ दि मन्थ बनेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटका काउन्सिलले आज एक सूचना जारी गर्दै बाबर अजाम गएको अफ्रिका उत्कृष्ट खेलाडी बनेको जनाएको हो। 

अजामले गएको महिनामा उत्कृष्ट प्रदर्शन गर्दै तीन एकदिवसीयमा २२८ रन जोडेका थिए। उनले ७६ को स्ट्राइक रेटमा प्रहार गरेका थिए।

त्यस्तै उनले सात टी–२० ३०५ रन बनाएका थिए। सो रन उनले ४३.५७ को रन रेटमा प्रहार गरेका थिए। त्यस्तै पछिल्लो समय उनी एकदिवसीय क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्स्मेन बनेका थिए। 

त्यस्तै नेपाली खेलाडी कुशल भुर्तेलले पछिल्लो समय नेपालमा आयोजित त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमा चार अर्धसतक बनाएका थिए। 

उनले प्रतियोगिताको क्रममा २८६ रन जोडे। बेस्ट प्लेयर अफ दि मन्थमा मनोनयनमा परेका कुशल नेपालका पहिलो क्रिकेटर पनि हुन्। 

यसअघि नेपालका पारस खड्का एसोसिएटतर्फको प्लेयर अफि दि डिकेडको मनोनयनमा परेका थिए। त्यस्तै, अष्ट्रेलियाका एसियास हेली अप्रिलको आईसीसी वुमेन्स प्लेयर अफ दि मन्थ बनेकी छन्।

प्रकाशित: May 10, 2021| 09:43 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।