शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अस्पताल जाँदा बेड पाइन्न, स्वास्थ्य प्रवक्ता भन्छन्– हावा कुरा गर्ने!

सोमबार बिहान ७ बजे मैतीदेवीका नरेन्द्र चन्दले फोनमा अननुय गरे। यसबारे टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलासँग बुझ्दा आफूले बिरामीलाई कुर्सीमा राखेर उपचारमा गरिरहेको बताए।
 |  सोमबार, वैशाख २७, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, वैशाख २७, २०७८

काठमाडौं – ‘तपाईं पत्रकार! कलंकीमा एक जना भाउजू कोरोना संक्रमण भएर निकै गाह्रो अवस्थामा हुनुहुन्छ। हामीले बेडका लागि धेरै ठाउँमा प्रयास गर्‍यौं, कतै पाइएन। अक्सिजन लेबल निकै घटेर उहाँलाई सास फेर्न गाह्रो भइरहेको छ। बेड पाउनै गाह्रो भयो। कुनै डाक्टर चिनेको भए भनिदिनुस् न!’

triton college

सोमबार बिहान ७ बजे मैतीदेवीका नरेन्द्र चन्दले फोनमा अननुय गरे। यसबारे टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलासँग बुझ्दा आफूले बिरामीलाई कुर्सीमा राखेर उपचारमा गरिरहेको बताए।

‘अवस्था एकदमै गाह्रो छ। बेड छैनन्। भेन्टिलेटर र आईसीयू भरिएको धेरै भइसक्यो। अक्सिजन छैन’, उनले भने, ‘अहिले म बिरामीको उपचारमै छु। बिरामी उपचार कुर्सीमा राखेर भइरहेको छ।’

उनले अक्सिजनको लेबल धेरै नघटेको भए घरमै राखेर अक्सिजन दिन आग्रह गरे। डा. बास्तोलाले भने, ‘अहिले सुरक्षित हुने प्रमुख उपाय भनेको यही हो।’ घोप्टो परेर सुत्न र अक्सिजन लिन उनले सुझाव दिए। उनले भने, ‘एकदमै गाह्रो भए इमरजेन्सीमा ल्याइहाल्नुपर्छ।’ 

बिरामीका आफन्त भने एकदमै आत्तिएका थिए। तीन दिनदेखि घरमै राखेर उपचार गरिरहेका उनीहरू बिरामीको अवस्था खस्किँदै गएपछि निकै चिन्तित छन्। मलीन स्वरमा उनीहरू भन्दै थिए, ‘बिरामीलाई सास फेर्न गाह्रो भइरहेको छ।’

Metro Mart
vianet

अर्का चिकित्सक डा. सुमित बोहरा पनि काठमाडौंमा बेड पाउन निकै कठिन रहेको बताउँछन्। उनले भने, ‘अवस्था सहज छैन। बिरामीलाई घरमै राखेर उपचार गरौं। बरु घरमै अक्सिजनको व्यवस्था गरौं।’

टेकु अस्पतालमा बेड नपाएपछि बाहिर कुर्सीमै पर्खिरहेकी बिरामी। तस्बिर : ज्योति अधिकारी

महेन्द्र निधि अस्पतालमा बुझ्न खोज्दा अस्पतालमा एउटा बेड खाली रहे पनि अक्सिजन अभाव रहेको अस्पताल प्रशासनले जनायो। 

‘हामी अक्सिजनको व्यवस्था गरिरहेका छौं। अक्सिजनको व्यवस्था भइसकेपछि खबर गरौंला। अक्सिजन बिनै त घरमा बस्नु र यहाँ बस्नु एउटै हो’, प्रशासनका एक कर्मचारीले भने। 

काठमाडौंका धेरै अस्पतालमा फोन गर्दा केही नलागेपछि भक्तपुरका अस्पतालको अवस्थाबारे स्थानीय पत्रकार रेनु त्वानावासुसँग बुझ्न खोज्दा त्यहाँको अवस्था झनै जटिल रहेको बताइन्। 

भक्तपुरमा कोरोना संक्रमित बिरामीलाई सहयोग गर्दै आएका स्थानीय अरुण सैंजू पनि उपत्यकाका सबै ठाउँमा यस्तै अवस्था रहेको बताउँछन्।

‘यहाँको अवस्था पनि निकै गाह्रो छ। हामीले एकदमै जटिल बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिरहेका छौं। कलंकीमा रहेकी ती बिरामीको अवस्था नाजुक भए अस्पताल ल्याउनुहोला’, सैंजूले भने, ‘नत्र घरमै अक्सिजन दिएर राख्दा राम्रो। अस्पतालमा अर्को जटिल बिरामीको ज्यान जोगिन्छ।’ बिहान साढे ११ बजेसम्म ती बिरामीले बेड पाएका छैनन्। 

राजधानीका अस्पतालमा बेड अभाव भएकै हो त? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गम्भीर अवस्थामा पुगेका बिरामीलाई तत्काल इमरजेन्सीमा लैजानुपर्ने बताउँछन्। उनी भन्छन्, ‘अस्पतालका सबै इमरजेन्सीमा सहज रुपमा उपचार भइरहेको छ।’ 

अस्पताल पुग्दा बेड र इमरजेन्सी सबै प्याक भएको भन्दै गेटबाट नै बिरामीलाई फर्काउने गरेको गुनासो आफन्तको छ। 

कतिपय अस्पतालको गेटबाटै बेड छैन भनेर फिर्ता पठाउने गरिएको छ। यस्तो अवस्थामा के गर्ने भन्ने जिज्ञासामा गौतमले भने, ‘त्यसो पनि हुन्छ? यस्ता हावा कुरा गर्ने? घरमा बस्ने होइन नि। अस्पतालको इमरजेन्सीमा जाने हो।’ 

नेपालमा दिनकै कोरोना संक्रमित बढिरहेका छन्। संक्रमण हुनेहरूमा गम्भीर लक्षण देखिन थालेको छ। 

टेकु अस्पतालमा बेड नपाएपछि बाहिर पर्खिंदै बिरामी र बिरामीका आफन्त। 

सोमबार  मात्रै ८ हजार ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो। हालसम्म नेपालमा ३ लाख ९४ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै ३ हजार ७ सय २० जनाले ज्यान गुमाइसकेका छन्।

देशभर संस्थागत आइसोलेसनमा हालसम्म ६ हजार ७ सय ३० जना उपचाररत छन्। ८ सय ३२ संक्रमित आईसीयू र २ सय ६७ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ मा आईसीयूमा १ सय १३ र भेन्टिलेटरमा १७ जना उपचाररत छन्। यस्तै प्रदेश २ मा आईसीयूमा ६० र भेन्टिलेटरमा ३७, बागमतीमा आईसीयूमा ४ सय ४३ र भेन्टिलेटरमा १ सय ५६ बिरामी उपचाररत छन्। 

गण्डकी प्रदेशमा आईसीयूमा ६१, भेन्टिलेटरमा १३, लुम्बिनीमा आईसीयूमा ८३, भेन्टिलेटरमा २१, कर्णालीमा आईसीयूमा ३३, भेन्टिलेटरमा ११ र सुदूरपश्चिममा आईसीयूमा ३६ तथा भेन्टिलेटरमा ११ संक्रमित उपचाररत छन्।

टेकु अस्पतालमा बेड नपाएपछि बाहिर अक्सिजन लिँदै बिरामी।

प्रकाशित: May 10, 2021| 06:33 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्