बिहीबार, असार २५, २०८३

युभेन्टस् फेरि पराजित

इटालियन शीर्ष डिभिजन फुटबल लिग सिरी ए को डिफेन्डिङ च्याम्पियन युभेन्टस् जारी लिगमा पुनः एकपटक पराजित भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - इटालियन शीर्ष डिभिजन फुटबल लिग सिरी ए को डिफेन्डिङ च्याम्पियन युभेन्टस् जारी लिगमा पुनः एकपटक पराजित भएको छ।

आइतबार रातिको खेलमा उसले घरेलु मैदानमै एसी मिलानसँग ३–० गोलको हार बेहोरेको हो। जारी लिगको यो युभेन्टस‍्को छैटौं पराजयसमेत हो।

पहिलो हाफको इन्ज्युरी समयमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफका युभेन्टस् एक गोलले पछि रह्यो।

दोस्रो हाफमा मिलानले दुई गोल थप्यो। यद्यपि खेलको ५७ औं मिनेटमा मिलानका केइसीले प्रहार गरेको पेनाल्टी गोल भने युभेन्टस्का किपरले सहजै बचाउ गरेका थिए।

तर, खेलको  ७८ औं मिनेटमा एन्टे रेबिचले प्रहार गरेको बल र ८२ औँ मिनेटमा एफ फिकायो टमोरीले प्रहार गरेको बल भने युभेन्टस‍्का डिफेन्डर किपले बचाउन सकेनन्।

यो जितसँगै मिलानले दोस्रो स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ। यद्यपि दुवै टिम शीर्षस्थानको इन्टर मिलानभन्दा १३ अंक पछि छन्। इन्टरले यसअघिकै चरणमा सिरी ए को उपाधि जितिसकेको छ।

यता पराजित युभेन्टस् ६९ अंकका साथ पाँचौ स्थानमा छ। त्यस्तै गएरातिको खेलमा रोमाले क्रोटोनलाई ५–० गोलले हराएको थियो।

प्रकाशित: May 10, 2021| 02:40 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।